Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पशुपालक कृषकलाई अनुदान

खबरडबली संवाददाता

गलकोट । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीहरुले अनुदान पाउन थालेका छन् । 

प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रमअन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालक कृषकहरुलाई निवेदनका लागि आह्वान गरेकामा २६९ फार्मको आवेदन परेको थियो । ती मध्ये छनोटका विभिन्न आधार मूल्याङ्कन गर्दा ७० फार्महरुले रु एक लाख पाँच हजारका दरले अनुदान पाउन स्वीकृत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार यो आर्थिक वर्षको स्वीकृत योजनाअनुसार साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना र विस्तारका लागि २३ बाख्रापालन , १७ बङ्गुर, १६ गाईभँैसी  र १४ कुखुरा फार्मले रु ७३ लाख ५० हजार अनुदान पाउनका लागि धमाधम सम्झौता गरिरहेका छन् । 

यस्तै पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत तीन सहकारी तथा समूहले रु २४ लाख अनुदान पाएका छन्  । जिल्लाको काठेखोला गाउँपालिका–८ स्थित कादेश कृषि तथा पशुपालन समूह, निसीखोला गाउँपालिका–५ स्थित बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेड र बागलुङ नगरपालिका–११ स्थित आफ्रे कृषक समूहले रु आठ लाखका दरले अनुदान पाएका हुन् । 

यस्तै सङ्घीय सरकारको रु ५० लाख बजेटमा गलकोट नगरपालिकामा बाख्रा पकेट क्षेत्र र बागलुङ नगरपालिकामा बङ्गुर पकेट क्षेत्रका दागि २५ लाखका दरले अनुदान कार्यक्रम स्वीकृत भएको छ । जसमध्ये दुई पकेट क्षेत्रका उत्कृष्ट २५/२५ किसानलाई एक लाखका दरले रु ५० लाख अनुदान दिइनेछ । तर पकेट क्षेत्र अनुदान कार्यक्रम भने छनोटकै चरणमा रहेको छ ।  
 
यस्तै भैँसी विकास कार्यक्रमअन्र्तगत पाला दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले रु १० लाख अनुदान प्राप्त गरेका छन् । “दुई आर्थिक वर्षमा कुनै अनुदान नपाएका व्यक्ति, फर्म, सहकारी र समूहलाई अनुदान स्वीकृत गरिएको हो,” उनले भने, “छुट्टाछुट्टै अनुदान कार्यक्रममा छुट्टै मापदण्ड हुन्छ, स्थलगत अनुगमनका क्रममा मापदण्ड पुगेका, विदेशबाट फर्केका, यसअघि अनुदान नपाएका पशु किसानलाई प्राथमिकताका आधारमा छनोट गरिन्छ ।”

साना व्यावसायिक फर्मअन्तर्गत अनुदानमा आवेदन दिनका लागि बाख्रा १५ माउ, बङ्गुर पाँच माउ र भैँसी पाँच माउ, स्थानीय कुखुरा २५०, लियर्स जातको कुखुरा ५०० र ब्वायलर एक हजार हुन आवश्यक छ । 

त्यसको अतिरिक्त फर्म रहेको जमिनको अवस्था, बजारीकरणको अवस्था, वैदेशिक रोजगारीबाट फर्केको, कृषकले ल्याएको तालिम लगायतको कुरालाई दृष्टिगत गर्दै अनुदान स्वीकृत गरिँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए । प्रत्यक्ष रुपमा १२७ कृषक लाभान्वित हुने भए पनि सहकारी र समूहमार्फत अप्रत्यक्ष  अनुदान पाउने कृषकहरु धेरै छन् ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: