Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरुद्धका खोप

खबरडबली संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण  उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन् । तरपनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन् । हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरुको पीडादायी प्रतिक्रिया छ । 

आर्थिक एवम् सामाजिक रुपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ । महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ । एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ ।

विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाइ खानेपानीका लागि ट््युबेलसमेत जडान गरेको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरुलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ ।

ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल रहेका छन् । एउटा बिग्रिदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो क्रृषिदेवले बताए । यो घर पनि हाम्रो लागि प्रयाप्त छैन् परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ । ।

फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन् । एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश क्रृषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन् । दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ ।

ेउनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् । सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरसविरुद्धका खोप लगाएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: