NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के विषयमा भयाे छलफल ?

खबरडबली संवाददाता

काठमाडौँ । आज सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । 

आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालबीच  भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले  जनाएको छ।

उनीहरुबीच  करिब एक घण्टा छलफल भएको जनाइएको छ । अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा उनीहरुबीच छलफल भएको जनाइएको छ ।  भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने जनाइएको छ ।

आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव : कांग्रेसलाई ८ र रास्वपालाई ३ मन्त्रालय

साना तीन दल र स्वतन्त्रलाई एक/एक मन्त्रालय

पदम लिम्बुलाई शहीद घोषणा गर्न जसपाको माग

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको छ। ...

थ्री नेसन्स कपमा भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस भिड्ने

काठमाडौं।  ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को लिग चरणको अन्तिम खेलमा नेपाल-भुटानले बराबरी खेल खेलेका छन्। भुटानले घरेलु टोली नेपालविरुद्ध पहिलो हाफको...

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।  मन्त्रालयले सूचना जारी गर्दै अहिले...

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचा...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न मधेसी आयोगको अपिल

काठमाडौं। मधेसी आयोगले मिटरब्याजी पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ ।  सरकारले उनीहरूको समस्या तत्कालै समाधानका लागि “बहुवैक...

थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं।  देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा प...

गठबन्धनको बैठकले प्रधानमन्त्रीले पेस गरे न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’

काठमाडौं। १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठ...

प्रदेश नामाकरणमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप : डीएसपीसहित १९ जना घाइते

काठमाडौं ।  प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्।   विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि मुख...

सत्ता गठबन्धन बैठकमा सहमति भएन, भोलि बिहान ९ बजे फेरि बस्ने

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ ।  न्यूनतम साझा कार्यक्रममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page