Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्याइँदै

खबरडबली संवाददाता

चितवन । आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्याइने भएको छ । सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्याउन लागेको हो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले सातवटै प्रदेशमा यससम्बन्धी तालिम सञ्चालन गरेर सेवालाई तल्लो स्तरसम्म पुर्‍याउन लागिएको बताए । उनले भने, “आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यमा सर्वसाधारणको ठूलो खर्च भएको छ, जनको समेत क्षति बढ्दै गएको छ ।” कोही पनि यो सेवाबाट बञ्चित हुन नपरोस् भनेर तालिम अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

विगत तीन वर्षदेखि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा राखेर काम हुँदै आएको डा बुढाथोकीले जानकारी दिए । सबै प्रदेशमा तालिम सञ्चालन गरेपछि स्वास्थ्यचौकीसम्म यो सेवा विस्तार हुने उनले बताए । उनले भने, “स्वास्थ्यचौकीमा सम्भव हुने उपचार हुन्छ, नहुने माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस हुन्छ ।” विगत दुई वर्षमा प्रदेशहरूमा नीति, निर्माण र अन्य कामले गर्दा अलमल हुँदा बजेटसमेत फ्रिज भएको उनको भनाइ छ ।

यही अभियानअन्तर्गत मधेस प्रदेशले चितवनमा तालिमको आयोजना गरेको छ । मधेस प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख शरदचन्द्र न्यौपानेका अनुसार एक हप्ता अगाडि १४ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने थप १४ जनाको तालिम भइरहेको छ । तालिममा मधेस प्रदेशका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् । आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिममा भरतपुर अस्पतालका डा अजय न्यौपानेले मुख स्वास्थ्य, डा सुमित पाण्डेले आँखा, डा रमेश भण्डारीले नाक, कान र घाँटीसम्बन्धी प्रशिक्षण दिइरहेका छन् । 

प्रमुख न्यौपानेले मधेस प्रदेशमा प्रशिक्षक नभएपछि चितवनमा ल्याएर तालिम दिइएको जानकारी दिए । उनले भने, “एक त मधेस प्रदेशमा प्रशिक्षक हुनुहुन्न, अर्को कार्यक्षेत्रभन्दा टाढा लगेर तालिम दिक्षा ध्यान अन्यत्र नजाने र तालिम प्रभावकारी हुने हुँदा चितवनमा तालिम आयोजना गरेका हौँ ।” प्रशिक्षक लगेर तालिम दिँदा धेरै खर्चिलो हुने भएकाले चितवन नै आएर तालिम गरिएको उनको भनाइ छ । यो तालिम सम्पन्न भएपछि मधेस प्रदेशमा २८ प्रशिक्षक तयार हुने जनाउँदै न्यौपानेले भने, “अब मधेस प्रदेशका जिल्ला–जिल्लामा आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा प्रशिक्षण हुन्छ ।”

प्रशिक्षक एवं भरतपुर अस्पतालका दन्तरोग विशेषज्ञ डा अजय न्यौपानेले मुख स्वास्थ्यका विषयमा धेरै हेलचक्र्याइँ हुने गरेको बताए । उनले ९० प्रतिशत बालबालिका र ७० प्रतिशत अन्य मानिसमा दाँतको समस्या रहने गरेको जानकारी दिए । उनले भने, “दाँत र मुखको सरसफाइको कमी छ, दिनमा दुईपटक ब्रस पनि गरिँदैन ।” खानपिनमा परिवर्तन भएको, चक्लेटलगायतका दाँतमा टाँसिने खाना धेरै खान थालिएको तर नियमित दन्त परीक्षण नगरिएका कारण दाँतको समस्या बढ्दै गएको डा न्यौपानेको भनाइ छ । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका नाँक, कान तथा घाँटी क्यान्सर रोग विशेष डा अनिलविक्रम कार्कीले आँखा, नाक, कान, घाँटी तथा मुखको सरसफाइको कमीले क्यान्सरसमेत हुनसक्ने बताए । उनले नाक–कान–घाँटीको क्यान्सर चौथो बढी क्यान्सर हुनेमा पर्ने गरेको बताउँदै भने, “नाक–कान–घाँटीको क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ र मद्यपानको सेवन, मुखमैथुन हो ।” पान, सुपारी, गुड्का, गुल्कजस्ता वस्तुको अम्मलका कारण पछिल्लो समय नाक, कान घाँटीको क्यान्सरका समस्या बढ्दै गएको उनको भनाइ छ । तिखो दाँतले घोचेर चोट लागेपछि मुखमा क्यान्सर हुने गरेको डा कार्कीको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy