Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भरतपुरको फोहोर व्यवस्थापन गरिँदै

खबरडबली संवाददाता

चितवन । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो ।

महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका  अध्ययन थालिएको थियो । महानगर प्रमुख रेनु दाहालका अनुसार  कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ । महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिए ।

महानगरप्रमुख दाहालले भने, “ कोरियाली सरकार र नेपाल सरकारबीच केही दिनमै सम्झौता गरी काम अघि बढ्छ ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्झौता गर्नुपर्ने हुन्छ । पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको चर्चा गर्दै उनले थपे, “केही ढिलो भए पनि भरतपुर महानगरमा आधुनिक वैज्ञानिक ल्याण्डफिल्डसाइड बन्छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताए । उनले भने, “गएको डिसेम्बरमा काम सम्पन्न गर्ने तयारी थियो, कोभिडका कारण ढिलो भएको हो । केही दिनमा अर्थ मन्त्रालयले प्रक्रिया पूरा गरेर सम्झौता गर्ने भएको छ । ”

कोरियाली सरकारले ल्याण्डफिल्ड साइड निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव  गौतमले जानकारी दिए । यसले महानगरभित्रको सबै फोहोरको व्यवस्थापन गर्छ । उनले थपे, “केही ढिलाइ भए पनि महत्वपूर्ण काम भएको छ ।” महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको नौ दशमलव नौ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने बताए । सो ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन सोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ । यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो ।

सुवेदीको भनाइमा ल्याण्डफिल्डसाइड सम्पन्न भएसँगै समग्र महानगरको फोहोर व्यवस्थापन सहज हुनेछ । अधिकांश फोहोरलाई पुन: प्रयोग गरी व्यवस्थापन गर्नैपर्ने फोहोरलाई मात्रै व्यवस्थापन गरिने छ । महानगरमा अहिले दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । अत्याधुनिक उपकरणको प्रयोग गरी ल्याण्डफिल्डसाइड व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए ।

महानगरपालिकाको वातावरण शाखा प्रमुख ई विराट घिमिरेका अनुसार सात ठाउँमा फोहोर सङ्कलन स्टेशन खडा गरिने छ । ती ठाउँबाट फोहोर ओसार्नका लागि साधनको व्यवस्थापन यही परियोजनाअन्तर्गत गरिने छ । कूल सङ्कलन हुने फोहोरको १० प्रतिशतबाहेक अरु फोहोर पुन: प्रयोगमा आउने उनको भनाइ थियो । दैनिक १०० टनसम्म फोहोरलाई व्यवस्थापन गर्नसक्ने गरी ल्याण्डफिल्डसाइड बनाउन लागिएको हो ।

शाखाप्रमुख घिमिरेले भने, “ कोरियालीसँगको सहकार्यमा नेपालमै यो हाम्रो परियोजना पहिलो हो ।” जनप्रतिनिधि आएसँगै भएको प्रयासबाट महत्वपूर्ण आयोजना सुरु गर्न लागिएको उनको भनाइ थियो । हाल महानगरपालिकामा वडा नं १ देखि ५ सम्म वेस्ट म्यानेजमेन्ट प्रालि र ७ देखि १२ सम्म वातावरणीय सुन्दर नेपाल प्रालिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिँदै आएको छ । बाँकी वडामा महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ ।

आयोजना सम्पन्न नभएसम्म निजी क्षेत्र र महानगर आफैँले फोहोरको व्यवस्थापन गर्ने शाखा प्रमुख घिमिरेको भनाइ थियो ।  कोरियाली सरकारको यो परियोजना सम्पन्न गर्न करिब तीन वर्ष लाग्ने अनुमान छ । हाल महानगरपालिकामा सङ्कलित फोहोरलाई भरतपुर महानगरपालिका–३ मा व्यवस्थापन हुदै आएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending