Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

लागुऔषधविरुद्ध प्रहरीको अभियान सञ्चालन

खबरडबली संवाददाता

राँझा । बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको  कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए  । उनका अनुसार अभियानअन्तर्गत दैनिकजसोे लागुऔषध कारोबार तथा सेवनमा संलग्नलाई पक्राउ गर्दै आइएको छ । प्राप्त सूचनाका आधारमा बिहीबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

अछाम तुर्माखाँद घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्र्षीय प्रेम चलाउने र सोही जिल्लाका पञ्चदेव घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षीय गौरव विष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । “केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालक नै पक्राउ परेको थियो”, उनले भने, “लागुऔषधविरुद्धको अपरेसन रोकिदैन । हामी युजरमात्रै होइन, डिलरलाई नै निमिट्यान्न पार्दैछौं ।”

लागूऔषध नियन्त्रण, उपचार तथा परामर्शका लागि जिल्लामा समुदाय– प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरी लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पुर्‍याउने अभियान सञ्चालन गरिएको नेपालगन्जस्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रस्तरसम्म लागुऔषध बिक्री वितरक तथा प्रयोगकर्ता बढ्दै गएपछि न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । सोही कार्यक्रमका लागि खजुरामा नागरिक सहायता कक्ष स्थापना भइसकेको छ । दुव्र्यसनमा फसेकालाई गाउँपालिकाको सिफारिसमा उपचार तथा परामर्शका लागि नेपालगञ्जमा रहेको परामर्श केन्द्रमा नि:शुल्क परामर्श दिइने उनले बताए ।

अध्यक्ष जोशीका अनुसार उक्त कक्षले लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पुर्‍याउने छ । सबैको सहकार्य र प्रहरीसँगको साझेदारीमा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श कार्यक्रम अझ अगाडि बढाइने छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy