Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गरेको पुष्टि

खबरडबली संवाददाता

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् ।  “आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,“ जोनसनले वार्सामा आफ्नो पोलिश समकक्षी माटेउज मोराविकीसँग भेटपछि उल्लेख गरेका छन् ।  सोमबार, बेलायतका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार बेलायतले पोल्याण्डमा ३५० सेना पठाउने छ जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ जुन गत वर्ष पोलिश–बेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका थिए ।

जोनसनका अनुसार भर्खरै आएका सेनाहरू पोल्याण्डमा नाटोको फर्वार्ड उपस्थिति बढाउन योगदान गर्ने १५० बेलायती सेनामा पनि सामेल हुनेछन् । “म यहाँ आएको कारण पोल्याण्ड हाम्रो सामूहिक युरोपेली सुरक्षाको लागि एकदमै महत्वपूर्ण छ र पछिल्लो १०० वर्षको पाठ यो हो कि जब पोल्याण्ड अस्थिरता वा पोल्याण्डको सिमानामा आक्रमणको खतरामा छ तब हामी सबैलाई त्रासको अनुभूति हुन्छ ।“  प्रधानमन्त्रीले भने । 

जोनसन ब्रसेल्सबाट वार्सा पुगेर नेटो महासचिव जेन्स स्टोल्टनबर्गसँग युक्रेनको अवस्थाबारे छलफल गर्न भएको  थियो।युक्रेनको अवस्था हालैका हप्ताहरूमा बिग्रिएको छ वाशिङ्गटन, लन्डन र अन्य नाटो सहयोगीहरूले युक्रेनको सीमामा रुसको सैन्य निर्माणको बारेमा चिन्ता व्यक्त गर्दै, मस्कोले आक्रमणको तयारी गरिरहेको  बताएका छन् । युरोपियन युनियनले पनि बढ्दो घटनामा रूसको युरोपमा ऊर्जा आपूर्तिमा सम्भावित अवरोधको बारेमा चिन्ता व्यक्त गरेको छ।
रुसले युक्रेनलगायत कुनै पनि देशमा आक्रमण गर्ने आफ्नो योजना नभएको बताउँदै  आएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy