काठमाडौं । आज (आइतबार) बिहान ११ बजे देखि नेपाल बार एसोसिएसनले फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।
कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भने भौतिक रुपमा नै उपस्थित भएर पुन: आन्दोलन गर्ने विज्ञप्तिमा मार्फत जनाएको छ ।
बारले न्यापालिकाको शद्धिकरण सहित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गद आन्दोलन गरेको १०५ दिन पुगिसकेको छ ।
बारले इजलास बहिस्कारदेखि प्रशासनिक कामकारबाहीमा समेत प्रधानन्यायाधीश जबराको संलग्नताको विरोध गर्दै आएको छ ।
प्रतिकृया लेख्नुहोस्: