Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन

खबरडबली संवाददाता

बनियानी ।  झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुन् । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उनले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गरिन् ।

विसं २०३८ माघ १० गते तेह्रथुम आठराई–५ छातेढुङ्गा (तत्कालीन छातेढुङ्गा गाविस–६)मा आमा धनमाया लिम्बू र बुवा जयबहादुर लिम्बूकी माइली छोरीका रूपमा सुशीलाको जन्म भएको हो । बुवा जयबहादुर भारतीय सेना हुन् । उनी  सानैदेखि हक्की र निडर स्वाभावकी थिइन् । थिचोमिचो नसहने र नगर्न दिने क्रान्तिकारी स्वभाव उनले विशेषता नै हो । त्यसमा पनि तेह्रथुमको आठराई कम्युनिष्टहरूको जग भएको ठाउँ । “गाउँमा साना–ठूला कार्यक्रम भइरहन्थे”, सुशीलाले विगत सम्झिइन, “आठराईमा कम्युनिष्टहरूको प्रभाव धेरै थियो, कम्युनिष्टका गतिविधि धेरै हुन्थ्ये त्यतिबेला ।”

आठ वर्षको हुँदा विसं २०४६ को आन्दोलन सफल भएपछि र्‍यालीमा सहभागी भएको उनको स्मरण ताजै छ । “मलाई दाजु–दिदीहरूले र्‍यालीमा लानुभएको थियो”, आठ वर्षको हुँदाको बाल्यकालीन अतीत सम्झँदै उनले भनिन्, “त्यतिबेला एक घण्टाको बाटो सकिनसकी हिँडेकी थिएँ, त्यसपछि हरेक गतिविधिमा सहभागी भएर अनेरास्ववियुमा संलग्न हुँदै राजनीतिक जीवन अघि बढाएँ ।”

सुशीलाका बुवा कट्टर कम्युनिष्ट थिइन् । पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भएकाले पनि उनलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरणा मिल्यो । सानै भए पनि कम्युनिष्ट राजनीति बुझेकाले उनको मन त्यता तानियो । पत्रपत्रिका पढ्न रुचि राख्ने सुशीलाले विद्यालयको पुस्तकालमा ‘नारी बन्धन र मुक्ति’ भन्ने पुस्तक पढीन् । त्यसपछि उनलाई राजनीतिक क्रान्तिमा होमिन थप हौसला मिल्यो ।

“हाम्रो परिवारमा महिलालाई त्यस्तो छेकबार थिएन, प्राय: जनजातिमा महिलालाई त्यस्तो बन्धनमा राखिँदैन”, उनले भनिन्, “तर, हाम्रो समाज त्यस्तो थिएन, धेरै महिला दिदीबहिनी शोषण र दमनमा पर्नुभएको थियो, महिला मुक्तिका लागि पनि म विद्रोहमा सहमाहित भएकी हुँ ।”

माओवादी धनीलाई लुट्ने, ठग्ने, मार्ने, महिला केटाकेटीलाई देख्नेबित्तिकै लाने पार्टी हो भनेर उनले सुनेकी थिइन् । दाजु र दिदीसँग बुझ्दै जाँदा गरिबको पार्टी भन्ने थाहा पाएपछि माओवादीमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । “दाजु–दिदी पार्टीको सम्पर्कमा आइसक्नुभएको रहेछ”, उनले भनिन्, “त्यसपछि उहाँहरुबाटै सबै कुरा बुझियो ।”

महिलाको साँघुरो घेरा हटाउन, नारी मुक्ति र गरिब धनीको विभेदको खाडल अन्त्य गर्न मूल जरो नै राज्यसत्ता परिवर्तन नगरी नहुने बुझेपछि १७ वर्षको किशोरावस्थामै उनी तत्कालीन नेकपा (माओवादी)को पूर्णकालीन सदस्य बनिन् । विसं २०५६ मा माओवादी आवद्ध उनी विसं २०५७ जेठदेखि हतियारबद्ध भएर हिँड्ने थालेकी हुन् । युद्धमा होमिँदा उनी कक्षा ९ मा पढ्दै थिइन् । विसं २०६२/६३ को खुला राजनीतिक परिवेशपछि मात्र उनले एसएलसी पास गरेकी हुन् । विसं २०५८ मा युद्धविराम भएपछि उहाँ पार्टीको तेह्रथुम जिल्ला कमिटी सदस्य बनिन् ।

हात गुम्दाको क्षण उनकी शब्दमा, “फौजी कारबाही गोपेटार हान्ने कुरा थियो, युद्ध मोर्चामा सहभागी भएर भिडेर आएका नौ जना घाइतेलाई हाम्रो जिल्ला पार्टीलाई जिम्मा लगायो, बाटोमा उपचार गर्दै लैजाँदा मुभ गर्ने बेलामा मङ्सिर १४ गते सेनाले चौतर्फी घेरा हालेर आक्रमण गर्‍यो, घाइते भएका नौमध्ये एक जना रोशनसहित सबै बित्नुभयो, हामी बसेको सेल्टरमा जम्मा ३१ जना थियौँ । घाइतेसहित १७ जना बित्नुभयो, म घाइते भएँ, दुवै हात र एउटा खुट्टामा गोली लाग्यो, देब्रे हात छियाछिया भयो, त्यहाँबाट भागेर ओढारमा गएर लुकियो, हातमा नशा थियो तर उम्किने अवस्था थिएन, चारैतिरबाट सेनाले घेरा हालेको थियो ।” 

त्यतिबेला अस्पताल पनि जान सक्ने अवस्था नरहेको उनले सुनाइन  । “त्यहाँबाट उपचारका लागि पाँचथर पुर्‍याइयो, पाँच–छ दिन भइसकेकाले हात कुहिसकेको थियो, हड्डी पूरै फुटेको थियो, तर नशाचाहिँ थियो, पाँचथरमा प्राथमिक उपचारपछि बल्ल तीन महिनामा सुनसरीको धरानमा आएर शल्यक्रिया गरियो, त्यसपछि छ महिना जति आराम गरियो”, उनले सम्झिइन ।

सेनाको गोली लागेर घाइते हुँदा पानी पनि खान नपाएको त्यो समय उनको जीनवको सबैभन्दा कठिन समय थियो । “भोक–प्यास र शारीरिक पीडा १ सोच्दा पनि आङ सिरिङ हुन्छ”, उनले भनिन्, “यो मेरो युद्धकालीन समयको सबैभन्दा पीडादायी समय थियो ।” आफूले कष्ट सहे पनि आज नेपाली जनताले गणतन्त्र पाएकामा उनलाई खुसी लागेको छ । “अहिले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा विभिन्न लिङ्ग, क्षेत्र, समुदायमा पहुँच स्थापित हुँदै गएकामा खुसी लागेको छ”, उनले भनिन्, “सङ्घर्ष सफल भएको आभाष भएको छ ।”

विसं २०६४ मा संविधानसभा सदस्य बनेकी उनको पहिलो मुद्दा नै महिला समानता थियो । एउटा हात गुमाए पनि संविधान लेख्न सफल भएकी उनी  । संविधानमा उनको माग ५०–५० प्रतिशत हो, तर ३३ प्रतिशत मात्र भए पनि महिला सहभागिता सुनिश्चित भयो, सबै जातजातिले समान अधिकार स्थापित भयो । त्यसलाई उनी महान् जनयुद्ध सफलता ठान्दछिन ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy