Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अध्यक्ष दाहाल– राजनीतिक सङ्कटको भूमिरिमा देशलाई लैजान खोजिँदैछ, सचेत होऔँ

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ । मधेश प्रदेश सरकारले आजै  प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ । माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औँ जनयुद्ध दिवस मनाएको हो । सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गर्‍यो । 

कार्यक्रमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए । उनले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गरे । 

उनले नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख गरे  । माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उनको भनाइ छ ।  

जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनले नयाँ ऊर्जासहित नयाँ एकता कायम गरेर अगाडि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सङ्कटको भूमरिमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध उभिन आग्रह गरे । जनताको सचेत पहलका साथ गतवर्ष प्रतिगमनलाई परास्त गरेको स्पष्ट पार्दै उनले प्रतिगमन विरोधी गठबन्धनलाई टुटाउनका लागि प्रयास भइरहेको आशङ्का व्यक्त गरे । अध्यक्ष प्रचण्डले संविधानको रक्षा, राष्ट्रियताको सम्वद्र्धन गर्ने लक्ष्यका साथ सुरु भएको सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

उनले पाँच दलीय गठबन्धन कुनै परियोजना वा त्यससँग भएको सहमतिका आधारमा नबनाएको उल्लेख गर्दै राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध हुनु नै देश र जनताको हितमा हुने स्पष्ट पारे । खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धनको भाग्य र भविष्यका बारेमा कोही कसैले सोच्छ भने त्यो देश र जनताका लागि समेत राम्रो नहुने उनको भनाइ छ । 

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आफूले सार्न लगाएको भनेर गलत प्रचार भएको उनको भनाइ थियो । उनले गलत मनसायका साथ गलत प्रचार हुने गरेको प्रति अध्यक्ष दाहालले दु:ख व्यक्त गरे । फरक एक प्रसङ्गमा उनले सबै क्रान्तिकारी बामपन्थी शक्ति, माओवादी घटक तथा देशभक्त सबैलाई एकता, सहकार्यको मार्गमा अगाडि बढ्न आह्वान गरे  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies