जनकपुर । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिपछि प्रतिकान्तिले टाउको उठाउँछ त्यसैले ढुक्क हुने अवस्था नरहेको बताएका छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा वताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने क्रान्तिपछि प्रतिकान्तिले टाउको उठाउँछ, त्यसैले ढुक्क हुने अवस्था छैन । उनले भने 'विश्वक्रान्ति र प्रतिक्रान्तिका शृंखलाहरुले के प्रमाणित गरेका छन भने शुरुमा प्रतिक्रियावादीले गाउँका झुत्रेझाम्रे गरिबले के गर्लान र भन्ने सोच्छन् । तर एउटा विचारमार्फत गरिबहरुले क्रान्ति गरेपछि तिनीहरु कुल्चिन्छन् । त्यसपछि उनीहरु झन बढी शक्तिका साथ प्रतिक्रान्तिका लागि तयारि गर्छन् । त्यसैले अहिले पनि ती शक्ति सक्रिय छन् । गत सालदेखि हामीले देख्यौं । संविधानमा हुँदै नभएका प्रावधान लागु गर्दै हजारौ शहिदको बलिदानबाट प्राप्त उपलब्धिलाइ सजिलै उल्ट्याउन खोजे ।अनि हामीले भन्यौं लाखौंलाख शहीदको सपना, उपलब्धि कुल्चिनु त्यति सजिलो छैन । हामी सडकमैं उत्रियौं । देशैभरि लाखौं जनताको सैलाब देखियो । र प्रतिगमन परास्त भयो र त्यसको जगमा गठबन्धन जन्मियो ।'
उनले ३ वटा कुराका लागि गठबन्धन गरेका वताए । उनले भने' हामीले ३ वटा कुराका लागि गठबन्धन गरेका थियौं ।पहिलो संविधानको रक्षा र प्राप्त हुन नसकेका अधिकार संस्थागत गर्दै यसको विकास । दोश्रो प्रतिबद्धता लोकतन्त्रको रक्षा र तेश्रो राष्ट्रियताको रक्षा ।'
यी प्रतिबद्धताका लागि गठबन्धन बन्यो र सरकार चलिरहेको छ वताए । उनले थपे 'यो गठबन्धन कुनै परियोजनाका लागि बनेको थिएन । तर शुरुकै दिनदेखि प्रतिगमनकारीहरुले गठबन्धन भत्काउन षडयन्त्र नै गर्दै आएका छन् । हिजो शान्ति सम्झौता, १२ बुँदे समझदारी,,संविधान मन नपराउने देशी विदेशी, शक्ति र मानिसहरु गठबन्धन भत्काएर उपलब्धिलाई उल्ट्याउन लागि परका छन् । यसरी अहिले गठबन्धनको महत्व झन बढेको छ । त्यसैले अहिले पुन: देशभरिका उत्पीडित, वर्ग,जाति, क्षेत्रका जनता, परिवर्तनका शक्तिहरु एक हुनु आवश्यक छ ।'
अध्यक्ष प्रचण्डले कुनै परिषनेजना पारित गरेन या नगर्न गठबन्धन नबनेको वताए । त्यसैले प्राप्त उपलब्धिको रक्षा, संोविधानको रक्षा र राष्ट्रियताको रक्षाका लागि गठबन्धनलाई झनै उचाइमा बलियो बनाउनुको विकल्प नरहेको उनको भनाई थियो । उनले यसमा विशेष ध्यान दिन सबैमा अपिल समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: