जनकपुर । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिपछि प्रतिकान्तिले टाउको उठाउँछ त्यसैले ढुक्क हुने अवस्था नरहेको बताएका छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा वताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने क्रान्तिपछि प्रतिकान्तिले टाउको उठाउँछ, त्यसैले ढुक्क हुने अवस्था छैन । उनले भने 'विश्वक्रान्ति र प्रतिक्रान्तिका शृंखलाहरुले के प्रमाणित गरेका छन भने शुरुमा प्रतिक्रियावादीले गाउँका झुत्रेझाम्रे गरिबले के गर्लान र भन्ने सोच्छन् । तर एउटा विचारमार्फत गरिबहरुले क्रान्ति गरेपछि तिनीहरु कुल्चिन्छन् । त्यसपछि उनीहरु झन बढी शक्तिका साथ प्रतिक्रान्तिका लागि तयारि गर्छन् । त्यसैले अहिले पनि ती शक्ति सक्रिय छन् । गत सालदेखि हामीले देख्यौं । संविधानमा हुँदै नभएका प्रावधान लागु गर्दै हजारौ शहिदको बलिदानबाट प्राप्त उपलब्धिलाइ सजिलै उल्ट्याउन खोजे ।अनि हामीले भन्यौं लाखौंलाख शहीदको सपना, उपलब्धि कुल्चिनु त्यति सजिलो छैन । हामी सडकमैं उत्रियौं । देशैभरि लाखौं जनताको सैलाब देखियो । र प्रतिगमन परास्त भयो र त्यसको जगमा गठबन्धन जन्मियो ।'
उनले ३ वटा कुराका लागि गठबन्धन गरेका वताए । उनले भने' हामीले ३ वटा कुराका लागि गठबन्धन गरेका थियौं ।पहिलो संविधानको रक्षा र प्राप्त हुन नसकेका अधिकार संस्थागत गर्दै यसको विकास । दोश्रो प्रतिबद्धता लोकतन्त्रको रक्षा र तेश्रो राष्ट्रियताको रक्षा ।'
यी प्रतिबद्धताका लागि गठबन्धन बन्यो र सरकार चलिरहेको छ वताए । उनले थपे 'यो गठबन्धन कुनै परियोजनाका लागि बनेको थिएन । तर शुरुकै दिनदेखि प्रतिगमनकारीहरुले गठबन्धन भत्काउन षडयन्त्र नै गर्दै आएका छन् । हिजो शान्ति सम्झौता, १२ बुँदे समझदारी,,संविधान मन नपराउने देशी विदेशी, शक्ति र मानिसहरु गठबन्धन भत्काएर उपलब्धिलाई उल्ट्याउन लागि परका छन् । यसरी अहिले गठबन्धनको महत्व झन बढेको छ । त्यसैले अहिले पुन: देशभरिका उत्पीडित, वर्ग,जाति, क्षेत्रका जनता, परिवर्तनका शक्तिहरु एक हुनु आवश्यक छ ।'
अध्यक्ष प्रचण्डले कुनै परिषनेजना पारित गरेन या नगर्न गठबन्धन नबनेको वताए । त्यसैले प्राप्त उपलब्धिको रक्षा, संोविधानको रक्षा र राष्ट्रियताको रक्षाका लागि गठबन्धनलाई झनै उचाइमा बलियो बनाउनुको विकल्प नरहेको उनको भनाई थियो । उनले यसमा विशेष ध्यान दिन सबैमा अपिल समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: