Ntc summer Offer
Khabar Dabali २६ कार्तिक २०८१ सोमबार | 11th November, 2024 Mon
Investment bank

मिर्गौला पीडितलाई डेढ लाख सहयोग

रासस
तनहुँ । तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार रु एक लाख ४६ हजार ६३५ सहयोग गरिएको हो । 
 
चुँदेर घर भई हाल बुटवलमा बस्दै आएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराएका हुन् ।  
 
सोही अवसरमा साउदी अरबबाट सङ्कलित रु ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गौला प्रत्यारोपण गर्न नसकेका थापा उपचारको खोजीमा भाँैतारिँदै आएका छन् ।  
 
चिकित्सकले रु १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन् । थापाका दुई छोरा छन् । अहिलेसम्म उपचार गर्दा रु। सात लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिए । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने उनले बताए ।  भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गरेका थापा मिर्गौला फेल भएपछि नेपाल फर्किएका हुन्  । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy