गलेश्वर । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहरजस्तै देखिने धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला । केही समयदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरताबारे व्यापक चर्चा हुने गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौरको सुन्दरता अहिले सामाजिक सञ्जालभरि छाएको छ । अवलोकन र कृषि पर्यटनका लागि सम्भावनायुक्त यही ठाउँमा एउटा यस्तो ऐतिहासिक र प्राकृतिक सम्पदा पनि छ, जो वर्षौँदेखि प्राकृतिक सुन्दरताका पारखीलाई कुरेर बसेको छ । त्यो ठाउँ हो धवलागिरि हिमालको प्रतिविम्ब देखिने ऐतिहासिक बूढोपोखरी ।
बूढोपोखरीको इतिहास तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहसँग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले १८६६ सालमा राजाको इच्छा अनुसार सो पोखरी निर्माण गर्न लगाएको प्रमाण छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याई यो पोखरी निर्माण गरिएको बताइन्छ ।
धवलागिरि क्षेत्रभित्र प्रशस्तै प्राकृतिक पोखरी भए पनि रत्नेचौरको बूढोपोखरीभन्दा ठूला मानव निर्मित पोखरी नभएकाले पनि यो चर्चित छ । तत्कालीन समयमा खानेपानी समस्याले आजित भएका स्थानीयवासीले निकै मेहेनत गरेर यो पोखरी बनाएका रच्नेचौरको विकासका लागि खटिरहेका भानु माध्यमिक विद्यालयका प्राचार्य भरत खत्रीले बताए ।
रत्नेचौरमा पानीको अभाव भएको कुरा आफ्ना मिरसुब्बामार्फत राजा गिर्वाणयुद्धले थाहा पाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर खनी पानी ल्याइएको इतिहास छ । ठूलो सङ्ख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार थप गर्न थालिएको छ । पोखरीको पनि अहिले नयाँ स्वरुपमा मर्मतसम्भार गरिएको छ ।
अहिले पोखरीमा पानी भरिएको छ । घाम लागेका बेलामा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब पोखरीमा देखिने गर्छ । त्यतिबेला यहाँको सौन्दर्य अत्यन्तै चित्ताकर्षक हुने गरेको स्थानीयवासी रमेश बोगटीले बताए । बेनी–बागलुङ सडकखण्डको छेऊमै रहेकाले त्यस सडकबाट ओहोरदोहोर गर्ने यात्रु पोखरीमा पुगेर फोटो खिच्ने गर्छन् । पोखरीको प्रचार हुन नसक्दा पर्यटकीय सम्भावना बोकेको बूढोपोखरी ओझेल परेको प्रअ खत्रीले बताए ।
“पर्यटकलाई पोखरीले आर्कषित गरेको छ, आसपासका क्षेत्रमा थप पूर्वाधार विस्तारको तयारीमा छौँ”, बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने । विगतमा पोखरी मर्मत तथा केही पूर्वाधार थपिएको सुनाउँदै उनले थप संरचना निर्माण गर्न बजेट माग गरिएको बताए । “पुरानो इतिहास देखाउँदै नयाँ संरचना बनाउन जुटेका छौँ”, खत्रीले भने । पोखरीबाटै धवलागिरिसहितको हिमशृङ्खला तथा त्यस आसपासका रमणीय दृश्य देख्न सकिन्छ । रत्नेचौरमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ भने क्षेत्रीय स्तरको खेलमैदान, कालोपत्र सडकलगायत पूर्वाधार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: