Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

खबरडबली संवाददाता

चितवन ।  जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् ।

महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही माघ २५ गतेसम्म १०० बैठक सम्पन्न भएका छन् । ती बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको उनले बताए ।

नगरपालिकामा जनताका कामलाई सहज, निष्पक्ष र छिटोछरितो प्रदान गरिँदै आएको छ । जनताका सेवालाई सहज बनाउन एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, सात आधारभूत स्वास्थ्यचौकी, ११ वडा कार्यालय र २९ खोप केन्द्र निर्माण गरिएको बरालले जानकारी दिए ।

उनले भने, “संविधान संवत् ढङ्गले सबै कामलाई अगाडि बढाउन ६१ ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिएको छ ।” नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं  १०, ११, १२ र १३ घर भएका चेपाङ बालबालिका पढ्नका लागि विभिन्न सङ्घसंस्था र सांसदसँग समन्वय गरी छात्रावास निर्माण गरिएको छ । उनले भने, “हामी निर्वाचित हुँदा ९० प्रतिशत मात्र बालबालिका विद्यालय जाने अवस्थाबाट शतप्रतिशत विद्यालय भर्ना दर बनाएका छौँ ।”

बालविवाह र विद्यालय छाड्ने दर घटाउन चेपाङ छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । एम्बुलेन्समार्फत नगरपालिकाभित्रका दीर्घरोगी, अपाङ्ग, अति वृद्धलाई नि:शुल्क सेवा प्रदान गरिएको उनले जानकारी दिए । आमा र बच्चाको वृद्धि विकास र स्वस्थ राख्नका लागि आमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका  ५० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत एसइई दिने विद्यार्थीलाई प्रमुख तीन विषयका लागि नि:शुल्क कोचिङको व्यवस्था गरिएको छ भने नगरपालिकामा श्रवणशक्ति कमजोर भएका बालबालिकाका लागि कक्षा ८ सम्म विशेष कक्षा सञ्चालन गरिएको र आवासीय सुविधा दिइएको छ । नगरपालिकाले कक्षा १ देखि ५ र ६ देखि ८ सम्म दुई स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइएको छ भने नगरपालिकाको शैक्षिक बुलेटिन प्रकाशन गरिएको छ ।

नगरपालिकाअन्तर्गत शैक्षिक संरचना, स्वास्थ्य संस्था, कृषि पशु स्वास्थ्य संरचना, सामुदायिक भवन र नगर सभाहलसहित १२१ संरचना निर्माण गरिएको छ । नगरपालिकाले नगर पार्शोचित्र, रणनीतिक योजना, वार्षिक बजेट र नीति तथा कार्यक्रमको पुस्तक प्रकाशनजस्ता काम गरेको छ ।

जनतालाई छिटो–छरितो र पारदर्शी ढङ्गले सेवा प्रदान गर्नका लागि राजस्व, पूर्वाधार योजना र लेखामा सफ्टवेयर तथा अनलाइनमार्फत काम गरिएको छ । प्रदेश सरकारको सहकार्यमा पशु आहार (दाना) उद्योग सञ्चालनमा ल्याइएको छ । देशभरिकै अति महत्वपूर्ण पशु चिकित्सकसहित पशुस्वास्थ्य अस्पताल निर्माण गरिएको छ । फोहोर व्यवस्थापन गर्ने गरी जापानिज संस्था र बागमती प्रदेश सरकार तथा नगरपालिकाको संयुक्त आयोजनामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ ।

नगरस्तरीय आयुर्वेद अस्पताल निर्माणको काम भइरहेको छ । नगरपालिका र विभिन्न सङ्घ संस्थाको समन्वयमा तीन हजार ५०० भन्दा बढी युवायुवतीलाई रोजगारमूलक, उत्पादनमूलक, आयमूलक तालिम दिइएको छ । किसानलाई नि:शुल्क प्राविधिक सेवा दिइएको छ । किसानको लागि सिँचाइ कुलो र साना सिँचाइ आयोजनामा डिपबोरिङको व्यवस्था गरिएको छ । किसानलाई आवश्यकताअनुसार कृषि औजार उपलब्ध गराइएको प्रमुख बरालले जानकारी दिए ।

यसैगरी पशुपालन गर्ने किसालाई दूध खेर जान नदिनका लागि राप्तीका छवटा दुग्ध सहकारी संस्थालाई क्रिम सेप्रेटर उपलब्ध गराइएको छ भने किसानलाई दूधमा अनुदान दिइँदै आएको छ । धेरैजसो किसानलाई मागको आधारमा च्यापकटर, काउम्याट, दूध दुहुने ठेकी वितरण गरिएको छ । सबै दुग्ध सहकारी संस्थालाई मिल्क एनलाइजर उपलब्ध गराइएको छ । व्यावसायिक पशुपालक कृषकलाई दूध दुहुने मेसिन प्रदान गरिएको छ ।

राप्तीका सबै खोलामा बाढी आउँदा यहाँका खेती बगाउने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नगरपालिकाले खोला तटबन्ध कार्यलाई पनि तीव्रताका साथ अगाडि बढाएको छ । दक्षिणतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता र जङ्गली जनावरबीच द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्था र सांसदको समन्वयमा पक्की पर्खाल निर्माण गर्ने कार्यक्रम भइरहेको छ । हालसम्म चार किलोमिटर यस्तो पर्खाल निर्माण गरिसकिएको प्रमुख बरालले बताए ।

पैदल हिँड्नुपर्ने पहाडी क्षेत्रका अधिकांश ठाउँमा सडक पुर्‍याइएको छ । ट्रयाक, ग्राबेल, उच्चस्तरको ग्राबेल, ढलान, कालोपत्रे र मोज्याक राख्नेजस्ता काम व्यापकरुपमा भएको उनले बताए । कोरोना महामारीको समयमा नगरवासीलाई सुरक्षित राख्नका लागि विभिन्न कार्य गरिएको प्रमुख बरालले बताए । उनका अनुसार सात एम्बुलेन्स परिचालन गरिएको थियो । महिलाका लागि तीन छुट्टै क्वारेन्टाइन बनाइएको थियो भने पुरुषका लागि आवश्यकताअनुसार क्वारेन्टाइन व्यवस्था गरिएको थियो । जिल्लामा पहिलो कोरोना सङ्क्रमित भेटिएको नगरपालिकाले उपचारका लागि आवश्यक सहयोग गरेको बरालले बताए ।

उनका अनुसार हालसम्म नगरभित्र एक हजार ५०० जनाको पीसीआर र एक हजार ६०० जनाको एन्टिजेन परिक्षण गरिएको छ । एकतीस हजारभन्दा बढीलाई कोभिडविरुद्धको खोप लगाइएको छ । विसं २०७२ मा आएको भूकम्पबाट प्रभावित धेरैजसोलाई राज्यबाट पाउने राहत उपलब्ध गराइसकिएको बरालले बताए । अव्यवस्थित बसोबासी र भूमिहीनको अभिलेखीकरणको काम भइसकेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy