काठमाडौं । आज दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्ने लागेको हो । यद्यपि, यो नियमित बैठक भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सरकारले भोलि एमसिसी संसदमा जसरी पनि टेबल गर्ने अडानबीच यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
माओवादी केन्द्रले एमसिसी टेबल गरिए सरकार छाड्ने चेतावनी दिँदै आएको छ । माओवादी र एकीकृत समाजवादी अहिले एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: