Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारी : परिमार्जनमा समयसीमा खण्ड गायब

खबरडबली संवाददाता

काठमाडौँ ।  सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ ।

प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा बनाइएका सहायक कानुन संसद्मा पठाउनै पर्ने विज्ञको राय सुझाव समेटेर विधेयक अघि बढाउन लागिएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त विधेयकलाई समृद्ध तुल्याउने क्रममा मस्यौदामाथि विषयविज्ञ र संसदीय समिति सभापतिसँग छलफल गरिरहेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कार्यपालिकाद्वारा बनाइएका नियमावली, निर्देशिका र कार्यविधिलगायतका सहायक कानुन  १५ दिनभित्र संसद्मा पठाउन पर्ने र त्यसको परीक्षण एवं अनुगमन हुने प्रावधान राखेर विधेयकलाई समृद्ध तुल्याउने कोसिस भइरहेको बताए ।

कार्यपालिकाद्वारा बनाइएका सहायक संसद्मा पठाउनै पर्नै समयसीमा उल्लेख गरी संसदीय समितिले गरेको मस्यौदा परिमार्जन गर्ने क्रममा मन्त्रालयबाट समयसीमासम्बन्धी खण्ड छुटेको थियो । अहिले त्यस विषयमा मन्त्रालयद्वारा विषयविज्ञसँग रायसुझाव लिने क्रम चलिरहेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तीन वर्षदेखि गहन अध्ययन गरी सरोकारवालासँगको परामर्शमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेको थियो । मस्यौदामा ऐनअर्थात् विधेयक बनाउने प्रक्रिया,  मस्यौदा परिमार्जन र सहमति प्राप्त गर्ने तरिका, प्रत्यायोजित विधेयक निर्माणको सीमा तथा अधिकारका विषय विषयवस्तु उल्लेख छ ।

सहायक कानुनकै आधारमा दण्ड जरिवाना तथा कसुर बढाउने, घटाउने, कर लगाउने, उठाउने र खारेज गर्न पाइन्न तर पनि कतै त्यो अभ्यास भएका देखिएपछि विधेयकमा यो विषय पनि स्पष्टरुपमा खोलिएको छ । अदालत र अर्ध निकायका काम कारबाहीलाई असर पर्ने, मौलिक अधिकारलाई कुनै प्रकारले बन्देज र सीमा तोक्ने अधिकार सहायक कानुनद्वारा लगाउन सकिदैन ।

कार्यपालिका र मातहतका निकायले विनियम, कार्यविधि, निर्देशिका, बनाउन सक्ने भए पनि कस्तो अवस्थामा भन्ने विषय मस्यौदामा खुलाइएको छ । कुनै निकायमा तहगत जिम्मेवारी खुलाउन, मापदण्ड र गुणस्तर तोक्न ऐनले अधिकार प्रत्यायोजन गरेको खण्डमा भने सहायक कानुनको प्रयोगबाट ती कार्य गर्न सकिने छ ।

“परीक्षा पास गरेर कोरिया जानबाट कामदारलाई लामो समयसम्म रोक्ने काम होस् वा डेढ वर्षदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा डेढ लाख बोरा रासायनिक मल अलपत्र तुल्याउनेलगायतका जति पनि नीतिगत भ्रष्टाचारसँग जोडिएका घटना छन् ती अधिकांश काम सहायक कानुनबाटै भएको छ”,सभापति बिडारीले भने ।

संसद्ले पहिलो कानुन अर्थात् संविधान र ऐन बनाउँछ । ऐनअन्तर्गत अरु थुप्रै कानुन बनाउने विश्वका धेरै मुलुकमा अभ्यास छ तर त्यो अधिकार संसद्ले दियो भने मात्र सहायक कानुन बनाउन पाइन्छ । अमेरिकामा कानुन बनाउने मुख्य जिम्मेवारी संसद्को भएको जनाउँदै कार्यकारीलाई त्यस्तो सहायक कानुन बनाउने अधिकार दिएको पाइन्न । बेलायतमा भने संसद्ले बनाउन सकेन, भ्याएन अर्थात् प्राविधिक हिसाबले अनुकूल भएन भने अधिकार कार्यपालिकालाई दिने अभ्यास गर्दै आएको छ ।

सभापति बिडारीले भने, “नेपालमा भने २० प्रतिशत मात्रै कानुन संसद्ले बनाउँछ भने ८० प्रतिशत कार्यपालिकाले बनाइरहेको अवस्था हो ।” मुलुकमा कार्यपालिका र अरु निकायबाट समेत भइरहेको अन्धधुन्धरुपमा सहायक कानुन निर्माणको अभ्यासलाई प्रत्यायोजित  विधायनसम्बन्धी विधेयक अघि बढाउन लागिएको हो । विधेयकमा सहायक कानुन निर्माणका शर्त  र  आधारभूत सिद्धान्तसमेत तोकिदिएको छ । संसद्ले सहायक कानुनको  परीक्षण र अनुगमन गर्ने प्रणाली नेपालमा हालसम्म अभ्यासमा छैन ।

विश्वका  कयौँ मुलुकमा संसद्मा छलफल भएर पास नभई त्यस्ता सहायक कानुन लागू नहुने तथा संसद्ले अस्वीकार गर्न सक्ने व्यवस्थासमेत छ । अघि बढाउन लागिएको प्रत्यायोजित विधायन विधेयकमा कस्तो अवस्थामा सहायक कानुन बनाउनुपर्छ तथा बनाइएका कानुन प्रकाशन गर्न र संसद्मा पठाउने मापदण्ड एवं शर्तलाई अनिवार्य गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: