कृष्णले डुवानमा परेको गोकुल उचाल्दा उचालिएको गोकुलबाट भ्यागुतो पानीमा खस्छ र माथी हेर्छ । ओहो ! गोकुुल त मेरो काँधमा छ । एकछिन शान्त हुन्छ र नहल्लिकन बस्छ । केही समयपछि उसलाई केही मानिस डुबेको र मरेको हेर्ने मन हुन्छ र काँध हल्लाउँछ ताकि मानिस हुन्छ र काँध हल्लाउँछ ताकि मानिसहरु झरुन् र मरुन् ।काहवतको कथामा कृष्णले डुवानमा परेको गोकुल उचाल्दा उचालिएको गोकुलबाट भ्यागुतो पानीमा खस्छ र माथी हेर्छ । ओहो ! गोकुुल त मेरो काँधमा छ । एकछिन शान्त हुन्छ र नहल्लिकन बस्छ । केही समयपछि उसलाई केही मानिस डुबेको र मरेको हेर्ने मन हुन्छ र काँध हल्लाउँछ ताकि मानिसहरु झरुन् र मरुन् । आज नेपालको राजनीतिमा सोही खाले भ्यागुताहरुको जगजगी छ । तिनिहरु ठान्दछन् इतिहासको यो मोडमा म नभइदिएको भए ? तिनिहरु थप गम्भिर बन्छन् र भन्छन्, ‘धन्न मेरा बा आमाले मलाई जन्माउन जानेकै हुन् । मैले पढेको भएर, मैले लडेको भएर ।’ तिनिहरु ठान्दछन् तिनिहरु अलौकिक छन्, दिव्य छन र चमत्कार गर्न सक्छन् । तिनिहरु ख्वामीत हुन् र नेपालमण्डलका दुई खुट्टे स्तनधारी प्राणीहरु तिनका दास । तिनिहरुलाई लाग्छ तिनिहरुको शरीरमा चुम्बक छ, निमुखाजन तिनिहरु दायाँ हल्ले दायाँ र बायाँ हल्ले बायाँ हल्लिन्छन् । हल्लाउने प्राधिकार तिनलाई मात्र प्राप्त छ । उनीहरु देश र जनता सबै हल्लाउन सक्छन् । तर, कहिले काहिँ यो हल्लाउने रहर सँगै हल्लिने कुर्सी जोडिन्छ । उनीहरु त्यसको रहर गर्छन् र वाक्यहरुमा तिनै दुइखुट्टे स्तनधारीहरु नै सार्वभौमसत्ता सम्पन्न भनिए पनि विधिमा ति विपन्न छन् र एकथान महान् रहरका आज्ञापालक बन्न बाध्य बन्छन् । तिनिहरु मातहतका रहरहरुले कहिल्यै वसिभुत बन्दैनन् । तिनिहरु आफूबाहेक अरुलाइ देख्दैनन् । देखेको भए, नेपालमण्डलको चौघेरो भित्र यत्रो बिधि दुःखको सन्सनाहटले बिछिप्त पर्नुपर्ने थिएन । निराशा र उदेकताको कुम्लो कसेर चौघेरो नाघ्नुलाई विजय ठानिने थिएन । तिनिहरु त्यस्तै छन्, बस् दुरुस्तै र भ्यागुतो जस्तै । महान जनहरुले लडाईं लडे, गोली खाए अपाग भए, टुहुरा बनाइए तर हाम्रा अद्भुतजनले तिनीमाथी अन्याय गरे र भने प्राप्त भएको यो उपलब्धी महान वुद्धि विलासको उपज हो । संसदीय व्यवस्थाको नयाँ विकास र आयाम हो । तिनिहरु मखलेल बने । यो लडाईं थिएन र परिणाममा यसको किञ्चित हिस्सा छैन । यो भन्ने गरिएको कुरा हो । भनिएको मात्र होइन, एकथान संविधानमा समेत यसै लेखिने छ । यसमा युद्धइतर र पक्षधर दुवैको सहमती छ । यी कर्म संविधान निर्माण गरेर जस लिने उद्दण्डतापूर्ण रहरका परिणामहरु हुन् । तिनले सहमतीको जसको भोकमा कार्यकारीको अडानमा हल्लीन तिनका कमाण्डरलाई विनय गरे, पछिल्लो समय फितला बनेका कमाण्डरले यसको प्रतिवाद गरेनन् । उनले फरकमत राखेर जान सकिने जुक्ति निकाले र संसदीय राजनीतिको पछिल्लो पाहुना बने । तिनै घिनलाग्दा खाटहरुमा अव्यवस्था र कुव्यवस्थाको आची दलिएको सिरक ओढेर सुत्न सकिन्छ भन्ने निष्कर्षमा पुगे । सायद तिनका दिमागमा सिरकको खोलसम्म फेर्न सकिन्छ कि भन्ने आशा हुँदो हो ।
उनलाई लाग्यो बस म नै त हुँ । विपक्षले भजन गाउँदा ताल मिलाउन नसक्ने आफन्त पनि कहीँ आफन्त हो ? योभन्दा ठूलो अन्याय के हुन सक्छ ? योभन्दा पेलाई के हुन सक्छ । उनी चुरचुर बने र भूकम्प अगाडी नै थिलोथिलो बनेको आफ्नै घरमा क्रोधका मुक्का बजारे । गुटले थिलोथिलो बनेको पार्टीमा बजारिएको मुक्काले टुटुल्को उठ्यो । उनले त्यहि टुटुल्कोलाई नयाँ शक्तिको गर्भाधान सम्झिए ।यति हुँदा हुँदै भुईंचलो गयो । भुईंचालो पछि देशलाई योजना चाहियो । योजनामा विषय विज्ञता नै चाहिन्थ्यो । जनताले टोले गफमा उनको नाम सम्झिए । काठमाडौंमा भूकम्पले हल्लाएर सडक पुगेका जनहरुको भाषामा पनि उनको नाम उच्चारित भयो । उनलाई लाग्यो बस म नै त हुँ । विपक्षले भजन गाउँदा ताल मिलाउन नसक्ने आफन्त पनि कहीँ आफन्त हो ? योभन्दा ठूलो अन्याय के हुन सक्छ ? योभन्दा पेलाई के हुन सक्छ । उनी चुरचुर बने र भूकम्प अगाडी नै थिलोथिलो बनेको आफ्नै घरमा क्रोधका मुक्का बजारे । गुटले थिलोथिलो बनेको पार्टीमा बजारिएको मुक्काले टुटुल्को उठ्यो । उनले त्यहि टुटुल्कोलाई नयाँ शक्तिको गर्भाधान सम्झिए । पछिल्लो समय उनको कार्यले भन्छ, उनी यहि कचल्टीएको टुटुल्कोमार्फत नयाँ शक्ति बनाउने ध्याउन्नमा छन् । यो टुटुल्को पनि विचित्रको छ । गगन थापाको तरुनो अनुहार यसैमा बिम्बित हुन्छ, उनी महान क्रान्तिका सफल सरदार जस्ता देखिन्छन् । रविन्द्र मिश्रको बीबीसी स्वर यसैमा प्रतिध्वनित छ, भ्रम नै सही गोकर्ण र रविन्द्रहरु यसमा छर्लङ्ग छन् । बिडम्बना उनको यो अभियानको पाखुरीमा बल थप्ने सहकर्मी र कित्ताका कोही पनि उनको ड्रिम टिममा छैनन् । जनयुद्धको थाकथलोमा हुर्केकाहरुलाई वर्जित गरी सृजित हुने भनिएको यो प्रवाहको मूल जनयुद्धको हुनेछ तर सपना विपीवाद र जनताको वहुदलीय जनवादको हिस्सेदारीमा सकिने छ । सायद उनको यो टुटुल्को घिसार्ने र कुर्सीसम्म पुर्याउनेहरुमा भने हिजो बाध्यता वा रहरमा गोली पिउनेहरु नै हुनु पर्नेछ । पुराना मान्छे घिसार्ने नयाँशक्तिले गन्तव्य भेट्टाउला वा यो प्रभाकरनको अपदस्थताका लागी वागी बनेका एक सैन्य कमाण्डरको भुमिकामा सिद्धिएला ? आशंका गर्नेहरुलाई प्रतिबन्ध छैन भने निर्वाचनमा अपार लोकप्रियताका बाबजुद निर्वाचनको एउटा क्षेत्र हारेको तिनलाई ज्ञात नै होला ।
तिनिहरु ख्वामीत हुन् र नेपालमण्डलका दुई खुट्टे स्तनधारी प्राणीहरु तिनका दास । तिनिहरुलाई लाग्छ तिनिहरुको शरीरमा चुम्बक छ, निमुखाजन तिनिहरु दायाँ हल्ले दायाँ र बायाँ हल्ले बायाँ हल्लिन्छन् ।यो नयाँ हुँदै होइन । पुरानालाई नयाँ जामा लगाएर नयाँ बनेको भन्न मिल्दैन । नयाँ भनेको गगन, रविन्द्र र गणेशमानहरु हुन् । त्यसो भए नयाँ हुन संभव छ । नविनताको फलाकोमा घाँटी सुकाउनेहरुले दावा गरेको प्राधिकरणमा किन रविन्द्र वा गगनहरुलाई देखेनन् । के अबको नयाँ शक्तिको शीर्षासनमा गणेशमानहरु रहन सम्भव छ । भजनवाचकहरु यसलाई मान्न सक्ने छैनन् र यसका मुखिया तिनलाई छान्न सक्ने छैनन् । यही सत्य हो, भ्यागुतोले थेगेको गोकुलको भ्रमबाट यसका अभियन्ता मुक्त छैनन् । जनताले प्रत्यक्ष चुनेको राष्ट्रपति सबै नेपाली जनताको चाहना हो । तर, यतिबेला यो मुद्दामा कुनै दलको सहमती छैन जस्तो र यसका प्रवक्ताहरु केही थान पपुलर भनिएका नेताहरु मात्र रहे जस्तो देखिनुले के बताउँछ ? किन यी नेताले आफू विराजीत मठमा यो कुराको बहस गरेनन्, कुरा सिधा छ । वास्तवमै तिनीहरु त्यो होइनन् तर यसो भइहाल्दा पनि उनीहरुलाई व्यक्तिगत घाटा छैन किनकी तिनीहरुलाई क्रम रोलमा पालो आउला भन्ने लाग्दैन तर पपुलर छान्न पर्दा असम्भव भाग हातमा लागिहाल्छ कि भन्ने एक लालसा भने तिनको दिमागमा जब्बर छ । केही पार्टी नेताकाको यो विजातीय बहस यही जब्बर महत्वाकांक्षाको परिणती मात्रै हो । तर यिनका फेसबुक वा ट्वीटरमा लाइक, कमेन्ट र फलोअर घटेको भोलीपल्ट यी संसदीय व्यवस्थाका असली प्रवक्ताहरु हुन् । यो इतिहास सिद्ध तथ्य हो ।
घिनलाग्दा खाटहरुमा अव्यवस्था र कुव्यवस्थाको आची दलिएको सिरक ओढेर सुत्न सकिन्छ भन्ने निष्कर्षमा पुगे । सायद तिनका दिमागमा सिरकको खोलसम्म फेर्न सकिन्छ कि भन्ने आशा हुँदो हो ।राजनीति खोला जस्तै हो । स्थाई केही र कोही हुँदैन । हिजोका एमाले र कांग्रेस पाँच वर्षमै फल्नु र एमाओवादी झर्नु राजनीतिको एक अनिवार्य गणित थियो र हो । सुन्दर छनौटको अधिकार नहुँदा कहिले काहीं कुरुपताले नै श्रेष्ठता दाबी गर्न सक्छ र पाउँछ । यो ठिक छ, गोलीले ज्यान लिइएकाहरुलाई भिरबाट खसे वा सो सरह मान्नुपर्छ भन्ने भ्यागुतो राजनीति हाम्रो मुलुकमा पन्पिएकै छ । तर आफूलाई श्रेष्ठ सावित गर्न २५ वर्षको उर्जावान् समयमा नसकेका राजनितिक तपस्वीलाई अहिले के ब्रम्हज्ञान प्राप्ती भो र ती नयाँ अभियानका अभियन्ता बने ? राजनीतिलाई नढाँट, महेन्द्रकालिन समय छैन । एक विषय विज्ञताले समग्र विज्ञताको आवश्यकतालाई पूरा गर्दैन । सक्छौ नयाँबाटै सुरु गर । जटिल जीवनहरुलाई शब्दका गाँठा र अभिनयले भ्रमित नपार । यो भ्यागुतो भ्रमले पहाड खसेको दिन तिम्रो सपना सायदै सुरक्षित गर्ला ।
प्रतिकृया लेख्नुहोस्: