Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १४ विद्यालय छनोट

खबरडबली संवाददाता

रुकुम । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी रुकुम (पूर्व) का १४ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् ।

कार्यक्रमअन्तर्गत चार कोठे र दुई कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । चार कोठे भवनका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवनका लागि रु १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि रु छ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय एकाइ रुकुम (पूर्व)का प्रमुख तिलक गौतमले जानकारी दिए । यो कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका छ विद्यालय, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका चार/चार विद्यालय छनोटमा परेका छन् ।

सिस्ने–१ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आइसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् । वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा चार कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा दुई कोठे भवन निर्माण हुने भएका छन् ।

भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुनेछ । वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा दुई कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला चार कोठे भवन निर्माण हुने छन् । पुथा उत्तरगङ्गाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र चार कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा दुई कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा चार कोठे भवन निर्माण हुने भएका छन् ।

यस्तै वडा नम्बर ११ को उत्तरगङ्गा आधारभूत विद्यालय सेराबालुवामा आइसीटी ल्याब स्थापना हुने भएको हो । स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया सुरु हुने समन्वय एकाइ प्रमुख गौतमले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: