Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

खबरडबली संवाददाता

झापा । सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै नि:शुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् । 

आदिवासी, मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको दुई वर्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय महिला पालिकमै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने दमक र विर्तामोडका ठूला अस्पताल नै धाउने गरेको तथ्याङ्कले देखाएको छ । पालिकाको कामाटोली बजारमा विगत पाँच वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ । तर, विगत दुई वर्षको अवधिमा पालिकामा तीन हजार ११७ बालबालिकाको जन्म भए तापनि सो बर्थिङ सेन्टरमा भने ४४ को मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताए ।

पालिकाले स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो । जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ । सहर धाउन नसक्ने अतिविपन्न समुदायका नगन्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ । 

उनका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७/०७८ मा ११ र २०७६/०७७ मा २३ जना सुत्केरी भएका छन् । सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उनले बताए । उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताए ।

गतबर्ष पहिलोपटक महिनावारी रोकिएका २२४ ले स्वास्थ्य जाँच गराएका थिए । दोस्रोपटक जाँच गराउनेको सङ्ख्या घटेर १५४ मा सीमित भएको थियो । तीमध्ये पनि चौथोपटक जाँच गराउन आउनेको सङ्ख्या ७८ रहेको थियो । प्रसूति हुनेको सङ्ख्या ११ रहेको उनको भनाइ छ । “पैसा हुनेहरु विराटनगर, विर्तामोडतिर जान्छन्”, प्रमुख विकले भने, “चौबीसै घण्टा सेवा दिइरहेको हाम्रो बर्थिङ सेन्टरमा भने पैसा नहुने अति गरिब मात्र आउँछन् ।”

उनले गर्भवती भएपछि महिला नियमित लिनुपर्ने खोप र औषधिका लागि मात्र आउने गरेको बताए । बर्थिङ सेन्टरमा आवश्यक उपकरण र सामग्री पर्याप्त रहेको बताउँदै उनी भन्छन्, “अस्पतालमै सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने चेतना चाहिँ मान्छेमा आयो तर आफ्नै स्थानमा भएको सेन्टरको सेवाप्रति विश्वस्त बनाउन अझै बाँकी देखियो ।”

गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी रोहित कर्णले आव २०७७/०७८ मा दुई हजार १८ बालबालिकाको जन्मदर्ता भएको बताए । जसमध्ये ९८७ बालिका र एक हजार ३१ बालक रहेको उनको भनाइ छ । यसैगरी अघिल्लो आव २०७६/०७७ मा एक हजार ९९ को जन्मदर्ता भएकोमा ५५६ बालक र ५४३ बालिका रहेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending