महोत्तरी । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो । अधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय तह निर्वाचनमा आफ्नो दल होमिने कार्यवाहक जिल्ला सभापति शम्भुनारायण पाठकले जानकारी दिए ।
त्यसैगरी नेकपा (एमाले)ले शनिबार क्षेत्र नं ३ कै पिपरामा स्थानीय तह निर्वाचन केन्द्रित जनसभा सम्पन्न गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहका पार्टी कमिटी उम्मेदवारको प्रारम्भिक नाम छनोटको गृहकार्यमा लागेका सो दलका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले बताए ।
यसैगरी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी गतिविधि तीव्र बढाएका छन् । अहिले जिल्लाका विभिन्न ठाउँमा एकैदिन कतिपय दलका कार्यक्रम सम्पन्न हुँदा छन् । यीबाहेक जनमत पार्टी पनि सभा, बैठक र स्थानीय पार्टी समितिहरूको गठन, पुन:गठनमा जुटेको छ ।
शनिबारमात्र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले बर्दिवासमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले शनिबार नै बर्दिवासमा मधेस प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ । सो दलका वरिष्ठ केन्द्रीय सभापति गोविन्दप्रसाद शर्मा र केन्द्रीय सदस्य इन्दिरा अधिकारी, शिवप्रसाद सिम्खडा, सन्दीपकुमार झा र सुनिता कार्कीसहितको उपस्थिति रहेको प्रदेशस्तरीय भेलाले सबै जिल्लामा भेला आयोजना गर्ने र स्थानीय समिति गठन गर्ने तालिका बनाएको छ ।
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले तत्सम्बन्धी तयारी अघि बढाउँदै लगेको हुँदा अहिले दलीय गतिविधि सघन हुँदै गएका हुन् । यद्यपि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्ना काम निर्वाचन केन्द्रितभन्दा जनसरोकारका विषयको पहिचान र ती मुद्दाको उठान रहेको स्पष्ट पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: