Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्थानीय तह निर्वाचन: दलीय गतिविधि तीव्र

खबरडबली संवाददाता

महोत्तरी । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो । अधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय तह निर्वाचनमा आफ्नो दल होमिने कार्यवाहक जिल्ला सभापति शम्भुनारायण पाठकले जानकारी दिए । 

त्यसैगरी नेकपा (एमाले)ले शनिबार क्षेत्र नं ३ कै पिपरामा स्थानीय तह निर्वाचन केन्द्रित जनसभा सम्पन्न गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका  स्थानीय तहका पार्टी कमिटी उम्मेदवारको प्रारम्भिक नाम छनोटको गृहकार्यमा लागेका सो दलका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले बताए । 

यसैगरी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी गतिविधि तीव्र बढाएका छन् । अहिले जिल्लाका विभिन्न ठाउँमा एकैदिन कतिपय दलका कार्यक्रम सम्पन्न हुँदा छन् । यीबाहेक जनमत पार्टी पनि सभा, बैठक र स्थानीय पार्टी समितिहरूको गठन, पुन:गठनमा जुटेको छ ।

शनिबारमात्र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले बर्दिवासमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले शनिबार नै बर्दिवासमा मधेस प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ । सो दलका वरिष्ठ केन्द्रीय सभापति गोविन्दप्रसाद शर्मा र केन्द्रीय सदस्य इन्दिरा अधिकारी, शिवप्रसाद सिम्खडा, सन्दीपकुमार झा र सुनिता कार्कीसहितको उपस्थिति रहेको प्रदेशस्तरीय भेलाले सबै जिल्लामा भेला आयोजना गर्ने र स्थानीय समिति गठन गर्ने तालिका बनाएको छ ।

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले तत्सम्बन्धी तयारी अघि बढाउँदै लगेको हुँदा अहिले दलीय गतिविधि सघन हुँदै गएका हुन् । यद्यपि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्ना काम निर्वाचन केन्द्रितभन्दा जनसरोकारका विषयको पहिचान र ती मुद्दाको उठान रहेको स्पष्ट पारेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending