Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

युवाहरूलाई स्वदेशमै रोजगारीका लागि साहित्य सिर्जना गर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीमा गएर कठिन र जोखिमयुक्त श्रम गर्न बाध्य नेपाली युवाहरूलाई फर्काएर स्वदेशमै रोजगारीमा लगाउन प्रेरित गराउने खालका साहित्य सिर्जना गर्न आग्रह गरिएको छ ।

साहित्य सन्ध्याको मासिक ४२५औँ शृङ्खला शनिबार आयोजित ‘वैदेशिक रोजगारी, सामाजिक विकृति र रूपान्तरणमा साहित्यको भूमिका’ विषयक परिचर्चा र कविता वाचन कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुजी पन्तले साहित्यले समस्यालाई वस्तुपरकरूपमा उजागर गरेर यथार्थ बाहिर ल्याइदिनुपर्नेमा जोड दिँदै राज्यले ठोस नीति निर्माण गरेर युवालाई रोजगारी प्रदान गर्ने कार्य गर्नुपर्ने बताए । उनले कृषि, पर्यटन, उद्योग हाम्रा सम्भाव्य क्षेत्र भएकाले तिनै क्षेत्रमा पूर्वाधार तयार पलायन हुने जनशक्तिलाई रोक्नुपर्ने बताए ।

वैदेशिक रोजगारीमा २२ देखि ४५ वर्षसम्मका युवा बाहिरिइरहेको तथ्याङ्क देखिन्छ । यो उमेर भनेको घरपरिवारसँग बिताउने र श्रम गर्न सक्ने उमेर हो । त्यसैले यो उमेरसमूहका युवा पलायन हुँदा त्यसले विभिन्न प्रकारका विकृति पनि ल्याएको पाइन्छ । प्रमुखरूपमा पारिवारिक विखण्डन, यौन विकृति, हिंसात्मक अवस्थाको सिर्जना, ज्यानै जानेसम्मका घटना हुने गरेका र भएका पाइन्छन् ।

कार्यक्रममा युवाकवि प्रशान्त खरेलद्वारा लिखित ‘आगाका फिलुङ्गाहरू’ कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो । लोकार्पित कविता सङ्ग्रहका बारेमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले टिप्पणी गर्दै नेपाली समाजमा विशेषगरी नेपाली राजनीतिले हुर्काएका विकृत र कुरूप प्रवृत्तिलाई उजागर गर्दै सकारात्मक पक्षलाई प्रोत्साहन र नकारात्मक पक्षका प्रति आक्रोश व्यक्त गरेका, राजनीतिक परिवर्तनपछि परिवर्तनका संवाहकहरूमा आएको स्खलनप्रति कवितामा गम्भीर चिन्ता व्यक्त गरिएको बताए ।

गोष्ठीमा प्रा डा कृष्णप्रसाद घिमिरे, डा फणिन्द्रराज निरौला, दुर्गा नेपाली, जयन्ती स्पन्दन, खेमराज निरौला, डा हरिप्रसाद सिलवाल, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, गायत्रीकुमार चापागाईँ, नर्मदेश्वरी सत्याल, डा षडानन्द पौडेल, बेनीबहादुर थापा, नमूना शर्मा, गणेश घिमिरे ‘मार्मिक’, भावना न्यौपाने, तारा गाउँले, उर्मिला पन्त पाण्डेय, उमेश उपाध्याय, रमेश पोखरेल र राम विनयले कविता, गीत,  एलाक, लघुकथा, मुक्तक वाचन गरो थिए  ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: