Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

केराखेतीबाट मनग्य आम्दानी गर्दै किसान

खबरडबली संवाददाता

काठमाडौँ । कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् ।

व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा उनी संलग्न रहँदै आएका छन् । परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाइ उनले अगाडि बढाउँदै आएका छन् । व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको ‘फोर फक्स क्याटल एण्ड ह्याचरी’मा एक करोड २५ लाख लगानी गरेका छन् । व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट एक करोड रकम उनले कर्जाका रुपमा लिएका छन् । पाँच बिघा जग्गामा व्यावसायिक केराखेती गरिएको छ । 

यसबाट वार्षिकरुपमा प्रतिबिघा सात लाखदेखि नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च  तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ । 

केराखेतीका लागि बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बोहरा आफैँ खटिदै आएका छन् । “आवश्यक परेका बेलामात्रै १०/१५ जना मजदुरलाई ज्यालादारीमा काममा राख्दै आएका छौँ”, उनले भने, “बाँकी समय आफैँ कार्य गर्छौं ।”

केरा खेतीलाई उनले एक दशकदेखि अपनाउँदै आएका छन् । “पहिला परम्परागतरुपमा केराखेती हुने गरेको थियो”, उनले भने, “त्यसलाई आधुनिकीकरण गरी खेती गर्न थालेपछि आम्दानी विगतको तुलनामा तेब्बरले बढेको छ ।” केराखेतीसँगै बोहरा अण्डा दिने लेयर्सजातका कुखुरापालनको कार्यमा समेत संलग्न छन् ।

घर नजिकै निर्माण गरिएका दुई वटा फार्ममा पाँच हजार लेयर्सजातका कुखुरापालन गरिएका छन् । फार्ममा पालिएका कुखुराले दैनिक तीन हजारदेखि चार हजार ५०० सम्म अण्डा दिने गरेका छन् । दुवै फार्ममा पालिएका कुखुराबाट दैनिक १०७ क्रेट अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डा नजिकैका बजारमा सहजरुपमा खपत हुने गरेका छन् । मासिकरुपमा १५ लाख र वार्षिकरुपमा एक करोड ५० लाख बढीका अण्डा बिक्री हुने गरेका छन् । 

“अण्डा भण्डारण गर्नका लागि उनले घरमै विद्युतीय चेम्बरसमेत निर्माण गरेका छन् । बजारमा खपत नभएको अण्डा चेम्बरमा राख्ने गरेको छु”, उनले भने, “बजारमा मागअनुसार अण्डाको आपूर्ति गर्न सहज भएको छ ।” सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा चेम्बर निर्माण गरिएको छ ।

तापक्रम व्यवस्थापन गरी चेम्बरमा केरा पकाउने कार्यसमेत हुने गरेको छ । “केरा पकाउनका लागि पहिला बाह्य क्षेत्रमा पठाउनुपर्ने अवस्था थियो”, कृषक बोहराले भने, “घरमै चेम्बरको व्यवस्था भएपछि पाकेको केरा बजारमा सहजरुपमा बेच्न पाएका छौँ ।”

उनी सुदूरपश्चिम प्रदेशका उत्कृष्ट किसानका रुपमा पुरस्कृतसमेत भइसकेका छन् । प्रदेश सरकारले उनलाई उत्कृष्ट किसानका रुपमा केही महिनाअघि पुरस्कृत गरेको थियो । पुरस्कृत भएपछि बोहरालाई कृषि कार्यमा लाग्नका लागि थप हौसला थपिएको छ । बोहराले घरमै डुयुरोक, ल्याण्डरस, हेमसागर जातका उन्नत बङ्गुरका पाठा चितवनबाट ल्याई पालन गरेका छन् । 

हाल बच्चा र माउ गरी २४ वटा बङ्गुर उनको फार्ममा रहेका छन् । निकट भविष्यमै माछा पोखरी बनाइ त्यसको डिलमा बङ्गुरको फार्म बनाएर अतिरिक्त आम्दानी गर्ने सोच उनको रहेको छ । बङ्गुरसँगै घरमै २५ जति उन्नत जातका बाख्रासमेत पालेका छन् । कुखरा र बङ्गुरका दाना भने बोहराले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउँदैनन् । घरमै रहेको दाना बनाउने उद्योगबाट उनले दाना तयार गर्दै आएका छन् ।

“बजारबाट खरिद गर्ने दानाभन्दा घरमै रहेको उद्योगबाट उत्पादित दाना प्रतिकिलो सात देखि १० सम्म सस्तो पर्छ”, उनले भने, “बजारको भन्दा गुणस्तरीय पनि हुन्छ । जसबाट उत्पादन लागत घटनासँगै आम्दानी चाहे जस्तै हुन्छ । बजारमा दानाको अभाव हुँदा पनि समस्या हुँदैन ।” सुदूरपश्चिम सरकारको ५० प्रतिशत अनुदानमा दाना उद्योग उनले स्थापना गरेका हुन् । 

हरेन्द्रका बुवाले २०७० सालअघि घरमै व्यावसायिक रुपमा गाई पालनको कार्य गर्दै आएका थिए । थोरै जग्गामा केरा खेतीलाई समेत अँगाल्नुभएको थियो । मजदुरको अभावमा गाईपालनको कार्य फस्टाउन सकेन । त्यसबेला काठमाडौँस्थित शङ्करदेव क्याम्पसबाटमा हरेन्द्र स्नातकोत्तरमा पढ्दै थिए ।

व्यवस्थापन तर्फको एमबिएसको शिक्षा ग्रहण गरेपछि बोहराले केही महिना गोल्छा अर्गनाइजेसनमा काम गरे । काम गरेकै बेला घरमै फर्केर केही गर्नुपर्छ । त्यो कार्य कृषिबाटै सम्भव हुने देखेर उनी घर फर्किए ।

घर फर्केपछि, “केही महिना बुवासँगै काम गर”, उनले भने, “परम्परागतरुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको थियो ।” परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उनी अग्रसर भए ।

“केराखेतीका लागि अगाडि बढाउनका लागि उनले सुरुमा बैंकबाट २० लाख कर्जाका रुपमा रकम लिए । कर्जाका रुपमा लिएको रकमले केराखेतीमा लगानी गरी प्रतिफल आशा गरेभन्दा बढी भएपछि त्यसलाई व्यवसायीकरण गरी विस्तार गरे”, उनले भने, “बैंकको व्याज र कर्जाबापत लिएको ऋण तिर्न भ्याए । त्यसपछि बैंकबाट थप कर्जा लिई कुखुरापालनको कार्य अगाडि बढाए । कृषि कार्यमा प्रयुक्त हुने पम्पसेट, विद्युतीय मोटर, ट्र्याक्टर, ट्राली, पावर टिलर सबै जोड्न सफल भए ।” उत्पादित कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्नका लागि हरेन्द्रसँग पिकप भ्यानसमेत रहेको छ । 

आम्दानी गर्ने स्रोत धेरै भए पनि पढेका युवाले गर्ने नमान्ने कृषि पेशालाई व्यावसायिक रुपमा अपनाएको उनले बताए । “शिक्षित व्यक्तिले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ”, उनले भने, “त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु । यसमै खुसी छु ।” टेक्निकल कलेजमा लेखापालको पदमा कार्यरत बोहराका श्रीमतीलेसमेत जागिर छाडेर उनको कृषि कार्यमा साथ दिँदै आएकी छन् । 

उनले भनिन्, “कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ । राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिकोसमेत प्रतिनिधित्व भए ।”

सबल कृषि नीति निर्माण भई कृषिबाटै सवल अर्थतन्त्र निर्माण गर्न सकिन्छ । युवालाई कृषि कार्यमा सहजरुपमा लाग्नका लागि वातावरण कायम गरिनुपर्छ । त्यसपछि मात्रै देशले विकासमा फड्को मार्न सक्छ ।” सफल किसानका रुपमा परिचित हरेन्द्रबाट प्रेरणा लिएर हाल धेरै जना युवा कृषि पेशामासमेत संलग्न हुन थालेका छन् ।    

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending