Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

कांग्रेसको ट्रेड युनियनले भन्यो : ‘एमसीसीले नेपाललाई हानि नगरोस्‌’

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले विदेशी दातृ निकायबाट प्राप्त हुने सहयोग अनुदान मुलुकको सुरक्षालगायत संवेदनशील विषयमा हानि नहुने गरी स्वागत गर्नुपर्ने धारणा राखेको छ । युनियनका महासचिव योगेन्द्रकुमार कुँवरले आज एक विज्ञप्ति जारी गरी विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान वा सहयोगबाट मुलुकको सुरक्षालगायतका संवेदनशील विषयमा हानि नहुने गरी सहयोगको स्वागत गर्नु उपयुक्त हुने उल्लेख गरेका हुन् ।

‘मुलुकको समग्र आर्थिक सूचकाङ्क नकारात्मक भएको अवस्थामा भोलिका दिनमा मुलुकले भोग्नुपर्ने गम्भीर आर्थिक सङ्कटलाई कम गर्न यस्ता अनुदानले सहयोग पुग्ने विश्वास लिएका छौँ,’  महासचिव कुँवरद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । उनले व्यापार घाटा बढेको वर्तमान अवस्थामा दातृ निकायले दिने अनुदान, सहयोगले उत्पादन बढाउन, व्यापार घाटा कम गर्न र रोजगारी वृद्धि गर्न सहयोग पुग्ने पनि उल्लेख गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले दुई वर्षअघि नै संसद्मा दर्ता भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पारित गर्न हुने वा नहुने बीचमा सिङ्गो मुलुक विभाजित हुनु दु:खद् कुरा भएको बताएका छन् । उनले मुलुकका विभिन्न राजनीतिक दलले सरकारमा रहँदा वा नरहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफैँले सहजीकरण गरेको विषयलाई अतिरञ्जित बनाई फरक ढङ्गले उठाउने र द्वन्द्व गर्ने गराउने विषयले मुलुकको हित नगर्ने उल्लेख गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending