इलाम । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।
निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र कन्याम चिया विकास निगमले उक्त सडक केही दिनअघि नै बन्द गरेको थियो । सडक बन्द गरे पनि जर्बजस्ती निर्माण गर्न खोजेको भन्दै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताइएको छ ।
गएको माघ २४ गते अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई चिया बगान अतिक्रमण रोक्न सहयोग गर्न परिपत्र गरेको थियो । अर्थ मन्त्रालयकोे पत्रपछि गृह मन्त्रालयले जिल्लामा परिपत्र गरेको र जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई सुरक्षा मिलाउने जिम्मा दिएको बताइएको छ । इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सरकारको परिपत्रअनुसार सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । उनले तत्काल दुवै पक्षलाई उक्त स्थानमा कुनै गतिविधि नगर्न भनिएको जानकारी दिए ।
बगान व्यवस्थापन पक्षले पर्खाल लगाउने काम गरेको भए पनि स्थानीय तारा नेपालको नेतृत्वमा एक समूहले उक्त पर्खाल भत्काएको कन्याम चिया बगानका प्रबन्धक सचिन सुब्बाले जानकारी दिए । अर्थ मन्त्रालयले सूर्योदय नगरपालिकामा सडक निर्माण गर्दा १५ रोपनी र पाल्टागेमा व्यक्तिले १७ रोपनी जमिन अतिक्रमण गरेको बताइएको छ ।
विसं २०५४ मा तत्कालीन सरकारको अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका सात चिया बगान भारतको त्रिवेणी सङ्घाई ग्रुपलाई भाडामा दिएको थियो । कन्याममा मात्र चिया बगानको करिब २० हेक्टर जमिन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: