Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नदेखिएको सपना र सफलताः प्रहरीको जागिरदेखि कपाल काट्ने व्यवसायसम्म

\"Sanjayकसलाई हुँदैन  मिठो खाने अनि राम्रो लगाउने रहर ? हो, मलाई पनि त्यही रहरले जिन्दगीका कैयौं मोडसँग परिचित गरायो । कहिले ट्रकको खलासी, कहिले ज्याला मजदुरी त कहिले भारतका विभिन्न शहरमा कामको खोजीमा भौंतारिंदै गर्दा अचानक एक दिन नेपाल प्रहरीमा जागिर खाने चाहना मनमा पुलकित भयो । भारतको भूमिमा हुँदा नै प्रहरीको जागिरको सपना देख्न थालें । मेरो सपनाले मलाई त्यहाँ टिक्न दिएन । भारतको हुदाँछदाँको ग्रिल कम्पनीको जागिर छाडेर नेपाल फिरें । संयोगवश नेपाल फर्केलगत्तै जनपथ प्रहरीमा भर्ना खुल्यो । आफ्नो सपना पुरा गर्न मैले पनि नेपालगन्ज गएर फारम बुझाएँ । भाग्यले साथ दियो, सवै परीक्षामा पास भएँ । प्रहरीको जागिर निधो भयो । मन हर्षले गद्गद् थियो, आफ्नो सपना पूरा भएको दिन । यो खुसीको खबर कतिबेला कसलाई सुनाउँ जस्तो भयो । परिवार, इष्टमित्र, साथीभाइ, गाउँले सबैलाई सम्झें । संसार जिते जस्तो लाग्यो । २०५२ साल ज्येष्ठ १४ गते नियुक्ती पत्र लिएँ । जुनबेला माओवादी जनयुद्धको सुरुवात भइसकेको थियो । मेरो प्रहरीको जागीर पनि त्यस सँगसँगै सुरु भयो । नियुक्ती पत्र लिए सँगै प्रहरीको पोशाकको पर्खाइमा बसें । नेपालगन्जमा प्रहरीको तालिम सुरुभयो । एक जोर पोशाक पनि पाएँ । त्यसलाई ओल्टाई पल्टाई हेरें, धित मरुन्जेल । जिउमा पहिरिएँ । ऐना हेरें, आफैंलाई फरक पाएँ, अझ राम्रो पाएँ । तीन महिने तालिमको सुरुवात सँगै मनमा अनेक सवालहरु उब्जिए । तालिम कस्तो हुने हो, के हुने हो । तालिममा राम्रो गर्छु भन्ने मनमा थियो । सुरुवातका दिनहरुमा खुब मेहनेत गरें । एक दिन, दुई दिन भन्दा भन्दै पाँच महिना बित्यो । समय बितेको पत्तै भएन । यति बेलासम्म साथीहरु पनि बनाईसकेको थिएँ । यसो समय पायो कि म साथीहरुसँग घुलमिल हुनथाले ।  साथीहरुबाट राम्रा नराम्रा सबै कुरा सिकियो । म उनीहरुको लहलहैमा लाग्न थाले । उनीहरुको कुराले मलाई प्रभाव पार्न थाल्यो । हुँदाहुँदै उनीहरुले जे भने, त्यहि मान्नेसम्मको बनें । अचानक साथीहरुबाट प्रस्ताव आयो ‘तालिम छोडेर भाग्ने ?’ म झसंग भएँ । सजिलै स्विकार्न सक्ने अवस्था थिएन । ठूलो सपना थियो प्रहरीको जागिरे हुने । सपना पुरा भएकोमा दङ्ग परेको म जागिर छोड्ने कुरै थिएन । उनीहरुले मलाई यहाँको तालिमको दुःख अनि गाउँमा हुने सुखको बारेमा बेलिबिस्तार लगाए । हो, शारीरिक रुपमा यहाँ दुःख पनि थियो । धेरै बेर सोचें । अन्ततः साथीहरुलाई त्याग्न सकिनँ । मैले मेरो सपनालाई त्यागें । एकदिन बुट पालिस गर्दै थिएँ । साथीहरुले भाग्ने योजना सुनाए । टिलिक्क टल्केको जुत्तामा अनुहार हेरे । अनुहार मलिन थियो । मन खुसी पटक्कै थिएन । साथीहरुलाई बचन दिएको थिएँ । म लगायत अरु पाँचजना साथीहरु जागिर छोडी जान कस्सियौं । २०५२ साल पुसको महिना, बाहिर हुस्सुले ढाकेको थियो । रातको ११ः३० बजे हामी त्यहाँबाट निस्कियौं ।  त्यो रात नेपालगन्ज नजिकैको एउटा गाउँ जहाँ भाग्नेमध्ये एकजना साथीको घर थियो, त्यहीँ रात बिताएँ । जाडोको महिना रात यसै लामो आँखामा निन्द्रा परेन । आँखा झिमिक्क नपारी बिहान भयो । अब कहाँ जाउँ । मनमा अनेक तर्क वितर्क आए । सोचें घर जान्छु, अनि झोला पछाडि भिरेर लागे गाउँतिर ( गडवा, दाङ्ग) । घरमा पनि कहाँ सहज थियो र ? बुवा आमाको सपना, घरपरिवारको जिम्मेवारी सबै जो मेरो भागमा थियो । मेरो परिवार जो मेरो सपनामा रमाउँथे, छोराको सुन्दर भविष्य कल्पना गरेका थिए । उनीहरु रमाउन सक्ने आधार नै मैले लत्याएर आएको थिएँ । केही समय घरमा तनावको अवस्था रह्यो । प्रहरीमा टिक्न सकिनँ, अब केही गर्नुपर्छ भन्ने कुराहरु मनमा खेल्न थाले । केही आय आर्जनको उपाय नगरी सुखै थिएन । परिवारको आर्थिक स्थिति पनि त्यती राम्रो थिएन । खेतीपातीको उब्जाउले बढीमा तीन महिना खान पुग्थ्यो । ममा दिनानुदिन मानसिक बोझ बढ्दै गयो । केही महिना सोचमा नै बिते । केही उपाय लागेन, अनि फर्किएँ भारतको वनारस । काम खोज्दाखोज्दै एक हप्ता बित्यो । आफूसँग भएको खर्च सकिसकेको थियो । पहिलेको जस्तो काम पनि पाइएन । अन्तमा ट्रकमा खलासी गरें । खलासीको काम कहाँ सजिलो थियो र ? कहिले खोलाको बास त कहिले जंगलको । कति रात भोकै काटें, कति रात नसुती काटें । वि.सं. २०५४ साल भदौ महिनामा पुनः नेपाल फर्के । सोचें जति दुःख गरेपनि आफ्नै ठाउँमा गर्छु । त्यसै बखत गाउँमा नै पेन्टिङ्ग (रङ्ग, रोगन) गर्ने तालिम हुने जानकारी पाएँ । तालिममा सहभागी हुन पाउँ भनि दरखास्त हालें । नतिजा मेरो अनुकुल आएन । निराश बनें, जिन्दगीमा ठूलो भूल गरेको आभाष भयो । न कुनै सिप न व्यवसायिक अनुभव, निकै कठिन थियो, गाउँमा आय आर्जनको माध्यम । मष्तिस्कमा हर दिन, हर रात अब केही व्यवसाय गर्नुपर्छ भन्ने थियोे । व्यवसायका लागि ठूलो लगानी गर्ने हैसियत थिएन । पैसा बिनाको व्यवसाय गरौं के ? मनमा अनेक प्रश्न, प्रति( प्रश्न उब्जिन थाले । प्रहरीको जागिर छाडेको पनि करीब तीन वर्ष पुग्न आँटेको थियो । त्यो तीन वर्ष मेरो लागि ढुङ्गाको चिउरा चपाउनु भन्दा कम भएन । म दिन प्रतिदिन के गर्ने, कसो गर्ने भनि छट्पटाउन थालेको थिएँ । काम बिना म पानी बिनाको माछो बनेको थिएँ । वि.सं.२०५६ साल वैशाखका दिन गाउँमा साना उद्यम गर्न इच्छुक सहभागी छनौट गर्न मान्छेहरु आएका थिए । त्यो दिन गाउँका सबै मान्छे भेला भए । म पनि त्यही भेलामा अटाएँ । भेलामा व्यवसाय र सहभागी छनौटका कुरा गरिए । व्यवसाय गर्न इच्छुकको नाम लिइयो ।   मैले पनि आफ्नो नाम दर्ज गराएँ – लोकराज चौधरी । अब पालो आयो व्यवसाय छनौटको । व्यवसाय जुनमा धेरै आर्थिक लाभ लिन सकिन्छ, जुन स्थानीय रुपमा नै गर्न सकिन्छ र जुन दिगो हुन्छ । हो, त्यस्तो व्यवसाय छनौट गर्नु थियो मलाई । अनेक विकल्पका माझ आइपुग्यो कपाल काट्ने व्यवसाय - सैलुन । नेपाल सरकार उद्योग मन्त्रालयको मातहतमा सञ्चालित लघु उद्यम विकास कार्यक्रमले पन्ध्र  दिने सैलुन तालिमको लागि लमहि बजार पठायो । खान, बस्न र यातायात सबै खर्च सो कार्यक्रमले व्यहोर्ने जानकारी गराइयो । अब चाहिँ साँच्चिकै मेहेनत गर्छु भन्ने अठोट गरें । तालिममा खुब ध्यान दिएर सिक्दै थिए । पन्ध्र दिन बित्यो,  तालिम सकियो । म घरमा फिर्ता भए । तालिमबाट फर्कदा म सँग एकएक सेट कैँची, ऐना, काईंयो, कपडा, टावेल र फोहरा ट्याङ्की पनि सँगै आयो । कपाल काट्नमा हात बसिसकेको थिएन । गाउँमा चिने जानेको दुई–चार जनाको कपाल काँटे । खासै चित्त बुझ्दो भएन । उनीहरुले पनि बजारमा काटेको जस्तै भएन भने । आपूm व्यवसायमा लाग्नु छ, यो काईदाले हुदैन भन्ने लाग्यो । कैँची, ऐना, काईयो, कपडा, टावेल र फोहरा ट्याङ्की सबै एउटा झोलामा हाले अनि साईकल समाते । गाउँबाट करिब तीस मिनेटको साईकल यात्रा पछि आईपुग्यो झोजपुर गाउँ, मेरो गन्तव्य । भेट्ने जति सबै मान्छेलाई सोधें, ‘दाई, भाई कपाल, दाह्री काट्नु छ ? अनी थपें सस्तोमा काटिदिन्छु ।’ \"DSC01626\"हरेकको उत्तर आउँथ्यो कतिमा काट्छौ र भईया ? म भन्थे  ‘पाँच रुपैयाँ’ । मलाई सिपमा निखार ल्याउनु थियो । सस्तोमा घरमै कपाल काट्ने मान्छे आए पछि मेरो ग्राहकहरु पनि पशस्त भए । म दिनमा पन्ध्र जना सम्मका कपाल दाह्री काट्न सक्ने भएँ । कमाईले चिया नास्ता खान ठिक्क हुन्थ्यो । यो क्रम एक महिनासम्म चल्यो । एक महिना बित्यो, पत्तै भएन । सिकाईमा तल्लिन रहे । लाग्यो अब धेरै सिकें । आपूmले आफैंलाई फरक महशुस गरें । एक महिनाको यो समय पनि मेरो लागि तालिम नै थियो । फरक यति मात्र थियो प्रशिक्षक थिएन । वि.स.२०५७ साल ज्येष्ठ ४ गते व्यवसायिक रुपमा सैलुन पसल खोले । आफ्नो नाम लोकराज को राज निकालेर सैलुनको नाम राखे ‘राज हेयर कटिङ्ग सेन्टर’ ।  बिस्तारै बिस्तारै ग्राहकको सङ्ख्या बढ्न थाल्यो । मेरो कपाल कटाई ग्राहकले मन पराउन थाले । एक पटक आएको ग्राहक फेरी फर्केर आउन थाले । छोटो समयमा नै म गडवा बजारमा स्थापित भएँ ।  मलाई  कामको खाँचो कहिल्यै परेन । आजसम्म कति हजार जनाको कपाल काटियो होला, त्यो हिसाब त छैन, तर जो जसले काट्नु भयो उहाँहरुले पक्कै सम्झनुहुन्छ भन्ने विश्वास छ । वि.स.२०५७ देखि हालसम्मको पन्ध्र वर्ष निरन्तर यहि पेशामा छु । यो पेशा नै मेरो जिन्दगी बनेको छ । यसैले जीवनमा साथ दिएको छ । पारिवारिक जिम्मेवारी निभाउन पाएको छु । सात जनाको परिवार धान्न सकेको छु । शैलुन व्यवसायमा १५ वर्ष बित्यो । प्रहरीको जागिर नछोडेको भए अहिले पेन्सन लिने बेला हुन्थ्यो । तर, मलाई कुनै पश्चाताप छैन । प्रहरीमा कमाउने जति यहाँ पनि कमाएकै छु । आफ्नो ठाउँ, जहाँ जन्मे, हुर्कें अनि पढें त्यही ठाउँमा बसेरै आफ्नै मान्छेलाई सेवा दिँदै आएको छु । यसैमा गर्व छ मलाई । कहिले काँहि म सँगै भर्ती भएका साथीहरु आउँछन् । मेरो सैलुनमा । जब तिनिहरुलाई भेट्छु , अतित सम्झन्छु तर रतिभर ग्लानी लाग्दैन । लाग्छ म त यहाँ आफैं मालिक छु । जो नोकर बिनाको मालिक । आखिर मालिक त मालिक नै हो नी । गडवा बजारमा छ वटा शैलुन मध्ये मेरो सैलुन राम्रो चलेको छ । मेरो आफ्नै विशेषता छ । सबैसँग मिठो बोली बोल्छु । सबैलाई सम्मान गर्छु । इमान्दारितामा विश्वास गर्छु, काममा विश्वास गर्छु । अनि मिहिनेतमा विश्वास गर्छु । ग्राहक मेरा भगवान् हुन्, ग्राहक मेरा प्रभु हुन् । ग्राहक मेरा अल्लाह हुन् । ग्राहक नै मेरो सब थोक हुन् । मेरा ग्राहक जसले मलाई यहाँ स्थापित गराएका छन्, एउटा नयाँ जिन्दगी दिएका छन् । आज यिनै ग्राहकको सेवाले दुई चार पैसा कमाउने भएको छु । दिनमा कम्तिमा पनि पच्चिस जना ग्राहक आउँछन् । यसै हिसाबले पनि हाल मासिक पच्चिसदेखि तीस हजारसम्म कमाउँदै आएको छु । यसैबाट भएको आम्दानीले दुई तले पक्की घर बनाएँ,  जुन मेरो एक सपना थियो । तीन कठ्ठा जमीन पनि जोडको छु । त्यसमा नै खेतीपाति गर्छु । तीन छोरीलाई बोर्डिङ्ग पढाएकै छु । खान पुगेकै छ । दुई सरो कपडा लगाएकै छु । मान्छेलाई जति भए पनि कहाँ पुग्छ र ? तर मसँग अहिले जे छ त्यसमा नै सन्तुष्ट छु । मेरो परिवार पनि खुशी छन् । बालबच्चाको ख्याल पनि गर्न पाएको छु । व्यवसाय पनि धानेको छु । साँच्चिकै खुसी छु म । जिल्ला विकास समिती तथा अन्य निकायहरुले बेलाबेलामा प्रशिक्षकको रुपमा निमन्त्रणा गर्छन् । साह्रै खुसी लाग्छ आफ्नो सिप अनि अनुभव बाड्न पाउँदा । अखिर जिन्दगीमा सीप नै ठूलो रहेछ, न कसैले खोस्ने, न हराउने न सकिएर जाने । कहिले काहिं लाग्छ , प्रहरीको जागिरमा नै भएको भएपनि यति कमाउन सक्दैनथें होला अनि सन्तुष्ट पनि हुदैनथें होला । आज म सँग जे छ त्यो सबै पन्ध्र्र दिने हेयर कटिङ्ग तलिमले गर्दा नै सम्भव भएको हो जुन मेरो जीवनको  उत्कृष्ट ‘मोड विन्दु’ बन्न पुग्यो । वास्तवमा भोका जनतालाई दुई छाक माछा खान दिएर भोक मेटाउनु भन्दा माछा मार्ने सिप दिन सकियो भने त्यो दिगो हुदोरहेछ । यो मेरो जीवनको अहम सिकाई भयो । मानिसको चाहना असिमित हुदाँ रहेछन् । तिनै चाहनामा रुमल्लिएको छ मेरो जेन्ट्स पार्लर तालिम लिई आफ्ना ग्राहकलाई सेवा दिने चाहना । मेरो यो सपना पनि छिटै पुरा गर्ने योजनामा छु । लाग्छ, जिन्दगी त्यतीबेला सफल हुन्छ, जतिबेला आफ्नो मन सफल हुन्छ अनि आफ्नो मनलाई सन्तोष पारिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy