Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

प्रादेशिक संरचनाका लागि भवन बनाउन जमिन छनोट

खबरडबली संवाददाता

बाग्मती । बाग्मती प्रदेश सरकारको प्रादेशिक संरचनाका लागि भवन बनाउन गठित प्रशासनिक भवन जग्गा पहिचान समितिले हेटाँैडाको विभिन्न स्थानको १९५ .२७ बिघा जमिन छनोट गरेको छ ।

समितिले बागमती प्रदेशको राजधानी हेटौँडा–१९ लेवटमा  ८० बिघा, हेटाँैडा–१६ मा  ५४ बिघा, हेटाँैडा–६ चित्रेपानीमा  २० देखि २५ बिघा, हेटौँडा– ९ लामसुरे हाइटमा १५ बिघा, हेटौँडा–१७  डिपोचौर हटियामा १२ बिघा, हेटाँैडा– ९ मा हेटाँैडा सिमेन्ट उद्योगको रहेको पाँच बिघा, हेटाँैडा  भोर्लेमा रहेको २।१३ बिघा र हेटौँडा–१७  हटियाको पश्चिम  डिपोचौरमा २.१४ बिघा जमिन  छनोट भएको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको राजधानी  हेटौँडाको विभिन्न आठ स्थानलाई प्रादेशिक संरचना  निमार्णका लागि छनोट गरेर सङ्घीय सरकारलाई स्वीकृतिका लागि सिफारिस गरेको बताइएको छ । केही दिनपहिला समितिको सम्पन्न बैठकले  छनोट गरिएका जमिनको स्वीकृतिका लागि सङ्घीय सरकारलाई सिफरिस गरेको  आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

प्रदेश सरकारको कतिपय मन्त्रालय र प्रादेशिक संरचनाहरु हालसम्म पनि हेटौँडामा भाडाको घरमा  सञ्चालनमा रहेका छन् भने कतिपय पुराना सरकारी भवनबाट सञ्चालनमा रहेका छन् । त्यसैले प्रदेशका आफ्नो स्थायी भवन संरचना बनाउनका लागि आवश्यक जमिन यकिन गरी सिफारिस गरिएको हो । जमिन छनोट भइसके पनि प्रदेश  मातहतका संरचनाहरु छनोट भएका स्थानहरुमा कहाँ कसरी निर्माण गर्ने  विषयमा निर्णय नभएको बताइएको छ ।

उनले हाल समितिले  जग्गा छनोट मात्रै गरेको र सङ्घीय सरकारले स्वीकृति  गरेपछि  संरचना  निमार्णका प्रक्रिया अगाडि बढ्ने  जानकारी दिए । सङ्घीय सरकारबाट स्वीकृति पाएपछि भवन निमार्णका लागि  डिपिआर तयार हुने र आउँदो आर्थिक वर्षमा मात्र भवन निर्माण सुरु हुने मन्त्री शर्माको भनाइ छ ।

प्रदेश सरकार स्थापनाभएको चार वर्षपछि प्रदेशको भवन संरचनाका लागि जमिन छनोट भएको हो । प्रदेशका सबै संरचना एकै स्थानमा निर्माण गर्न वर्तमान प्रदेश सरकारले विभिन्न आठ स्थानमा जमिन छनोट भएको बताइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies