Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रकाशशरण महत भन्छन्– निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्छ

एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन नेपाली काँग्रेसकाे प्रयास जारी

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । 

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् । बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । 

तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भईनसकेको उनको स्पष्टिकरण छ । प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहोर्याए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए । 

प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो । त्यसमा समझदारी विकसित भईसकेपछि यो संकट टरेको छ । र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढछ । अव बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । ३० गते नै त्यो सम्पन्न हुन्छ । त्यसमा कुनै दुविधा छैन । यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ । अव स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानत: पनि त्यो सम्भव हुँदैन । त्यसकारण स्थानीय आवश्यक्ताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भईसकेको अवस्था छैन । आवश्यक्ताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाईदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ । र, गठबन्धनमा सम्मिलित हरेक दलहरुले दलभित्र यसको मूल्यांकन गर्लान र एउटा निचोडमा पुग्लान ।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्नीप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधिन मुद्धा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राखे । चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो । 

प्रवक्ता महतले भने, ‘विपक्ष दलसँग हामीले निरन्तर संवाद पनि गरिराखेका छौं । यो एमसीसीका सन्दर्भमा पनि हामीले संसदमै सक्रिय सहभागिता भएर यसको समर्थन गरौं । र, अरु तपाईहरुको चासो र चिन्ताको विषयमा पनि आफ्नो कुरा संसदमै राख्न सक्नु हुन्छ भनेको हो । अव त्यो समझदारी त्यतिखेर बन्न सकेन । तर मलाई लाग्छ–आगामी दिनमा उहाँहरुले पनि पुनर्विचार गर्नुहोला । १४ सांसदको विषय उहाँहरुले उठाईरहनु भएको छ । त्यो अव अदालतमा विचाराधिन विषय छ । हामीले निर्णय गरेर केही हुने अवस्था पनि छैन । त्यसो हुनाले अव सभामुखको विषयमा पनि फेरी त्यसैसँग जोडिएको विषय हो । त्यो हुनाले मलाई लाग्दछ–एमाले दलले पनि यसमा पुनर्विचार गर्ला । हामी निरन्तरको कोसिसमा छौं । अव संसदमै सहभागी भएर जो आफ्नो भनाईहरु छ । जो चासो, चिन्ता वा कुनै पनि मुद्धा छ । यी विषयमा यहाँनै छलफल गरौं । र, त्यहाँको निष्कर्षलाई स्विकार गरौं भन्ने हाम्रो भनाई हो । र, यो अवश्य पनि बजेट अधिवेशनमा त सम्पूर्ण दलहरु खासगरी विपक्ष दलहरुको अनिवार्य सक्रिय सहभागिताबाट नै यो बजेट अगाडि जाने र यसलाई सम्पन्न गर्ने, यसलाई टुंगो लगाउने कुरा नै हुनुपर्छ भन्ने हाम्रो काँग्रेसको भनाई छ । र, त्यही अनुसार हामी उहाँहरुलाई सहमतीमा ल्याउनका लागि हाम्रो पार्टीले, प्रधानमन्त्रीले, हाम्रो दलले त्यो कोसिस जारी राख्छ ।’

प्रवक्ता महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies