काठमाडौं । देशभर पछिल्लो समय ६ हजार ८ सय ७४ जनाको कोरोना परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यो सँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९४१ जना पुगेका छन् ।
त्यस्तै ,३ सय २१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ७ सय ७० सक्रिय संक्रमित छन् ।
प्रतिकृया लेख्नुहोस्: