Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

गलेश्वरधाममा ३० हजार भक्तजनले दर्शन गरे

खबरडबली संवाददाता

गलेश्वर । म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा महाशिवरात्रिको दिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन र पूजाअर्चना गरेका छन् भने  साढे ३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा महाशिवरात्रिको दिन मङ्गलबार साँझसम्म मन्दिरमा दर्शन र पूजाआजाका लागि ३० हजार बढी भक्तजन आएका र सोही दिन तीन लाख ५३ हजार ८७ रुपैयाँ भेटी चढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका कोषाध्यक्ष बालकुमारी रोकाले बताए ।

शिवरात्रिमा सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको उनले जानकारी दिए । मन्दिरमा सङ्कलन भएको भेटी  मुचुल्का गरेर प्रहरीकै सुरक्षामा कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा करिब तीन घण्टासम्म गनेर सार्वजनिक गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

“कोरोनापछि भक्तजनको भीड लागेको थियो, अघिल्ला शिवरात्रिको तुलनमा झण्डै एक लाख बढी सङ्कलन भएको छ” उनले भने । सङ्कलित भेटी कोषको खातामा जम्मा गरिएको छ । दान सङ्कलन गर्ने क्रममा छिटफुट भेटिलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । ठूला पर्वमा भोलिपल्टै र नियमित रुपमा महिनाको दुई पटक गन्ने गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए । 

कोरोना भाइरसको जोखिमका कारण गतवर्ष सामान्य पूजा भएकोमा यसपटक महाशिवरात्रि पर्वका अवसरमा भक्तजनको भीड बढेको हो । सोही पारेर गलेश्वरधाममा भगवान शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ गौमुखी धारा जडान भएको छ । 

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गङ्गाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको सङ्ख्यामा वृद्धि भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कृष्णा गण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनलेसमेत दर्शन गर्ने गरेका छन् ।

यहाँ रहेको विशाल चट्टानमा ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकार रुपि चिन्ह स्वंयम उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: