Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य राख्न निर्देशन

खबरडबली संवाददाता

झापा । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने उनले बताए । जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन् ।

“निर्वाचनमा सवारीसाधनको प्रयोग गर्नुपर्ने हुन्छ”, उनले भने, “चाहिएका बेला गाडी बिग्रिएको छ भनेर असहयोग गर्ने छुट कसैलाई छैन । सबै गाडीहरु मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्नुहोस् ।”

उनले सबै सरकारी कार्यालयमा रहेका सवारीसाधनको लगत र कर्मचारीको विवरण दुरुस्त अवस्थामा राख्न जिल्लास्थित निर्वाचन कार्यालयलाई निर्देशन दिए । चुनावको तयारीका क्रममा कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदानस्थलसम्म पुर्‍याउन धेरै सवारीसाधन आवश्यक पर्ने उनले बताए । हाल जिल्लास्थित विषयगत सरकारी कार्यालय र १५ वटा स्थानीय पालिकासँग सयौँको सङ्ख्यामा सवारीसाधन रहेका छन् । अस्वथ, पाका उमेर र चुनावअघि अवकाश पाउने कर्मचारीलाई चुनावमा नखटाउनसमेत उनले कार्यालय प्रमुखहरूलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिएका छन् । उनले हरेक पालिकामा आवश्यकता हेरी दुई वा तीनवटा स्थलमा मतगणना गरिने र ती स्थानको छनोट गर्न पालिकाहरूलाई आग्रह गरेका छन् ।

“सबै मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामेरा राख्ने व्यवस्था गर्नुहोला”, उनले भने, “त्यसो भयो भने निर्वाचनको मतगणना पारदर्शी हुन्छ, हुलहुज्जत हुने सम्भावना रहँदैन ।” जिल्लामा मतदाताको सङख्या छ लाख ५० हजार २५८ छ भने २८६ मतदानस्थल र ७६० मतदान केन्द्र छन् । जिल्लामा १५ पालिका र १३१  वडा छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: