काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वर्णिम युग फाउण्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता हो भने ।
पछिल्लो समयमा देशले वा सरकारले केही गर्न सकेन, राजनीतिक परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन हुन सकेन भनेर सरकारात्मक र नकारात्मक रुपमा प्रतिक्रियाहरु आइरहे पनि नकारात्मक टिप्पण्ीा बढी हुने गरेको धारणा राख्दै उनले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको औँल्याए ।
विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्दै उनले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको स्वीकार पनि गरे । आज सार्वजनिक किताबले आत्मानुशासन, पारदर्शिता र समाज विकासका गराउनका लागि उत्प्रेरणा दिने विश्वास उनले व्यक्ति गरे ।
उपराष्ट्रपति पुनले संविधानमा नै शिक्षालाई नि:शुल्क गर्ने प्रावधान भए पनि व्यावहारिक रुपमा लागू हुन नसकेको र अझै थुप्रै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताए । उपराष्ट्रपति पुनले समान शिक्षा हासिल गर्न हरेकले आआफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहेको औँल्याए । उनले त्यस्ता काममा देशभरका सहयोगी मनहरु जोडिने आशा व्यक्त गरे ।
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको शैक्षिक विकासका लागि सबैको योगदान आवश्यक भएको बताउँदै यस्ता अभियानले सचेतना जनाउने विश्वास व्यक्त गरे । फाउण्डेशनका अध्यक्ष मनऋषि धितालले समाजमा केही गरौँ भन्ने सोचका साथ संस्था स्थापना गरेको र यसमार्फत शैक्षिक एवं सामाजिक अभियान चलाउने जानकारी गराए । पुस्तकका लेखक खेम शर्माले कोभिड–१९ सङ्क्रमणको समयको सदुपयोग गरी आपूmले सो पुस्तक तयार पारेको जानकारी गराए ।
उनले पारदर्शिताले मात्रै समाजको विकास हुन्छ भन्दै शैक्षिक एवं सामाजिक चेतना जागृत गराउन जरुरी छ भन्ने उद्देश्य आफूहरुको रहेको बताए । उनले पुस्तक बिक्रीबाट आएको रकम पनि शिक्षाको विकासमा लगाउने जानकारी दिए । उनको पुस्तक स्वर्णिम रहस्यमा मानिसको कर्तव्य, सकारात्मक सोच, नैतिक शिक्षा, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषय समेटिएका छन् । समारोहमा उपराष्ट्रपति पुनले उक्त संस्थाको वेब साइटको पनि उद्घाटन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: