काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आसन्न निर्वाचनमा जनताले प्रतिगामी चरित्रलाई परास्त गरी परिवर्तनका वाहक शक्तिलाई विजय गराउने बताए ।
आफूहरु देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको बताउँदै उनले भने, “एमाले नेतृत्वले विगतमा गरेको प्रतिनिधिसभाको विघटनलगायत असंवैधानिक कार्यले उनीहरु परिवर्तनको वाहक होइनन, प्रतिगामी चरित्रका नमूना हुन् ।” एमाले नेतृत्वको गल्ती स्वीकार गर्न नसक्ने प्रवृत्तिले सो दलका नेताहरुको अधोगति सुरु भएको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले एकीकृत समाजवादी देशव्यापी रूपमा फैलिएको प्रष्ट पार्दै जनताले उक्त पार्टीबाट ठूलो अपेक्षा गरेको बताए । जनताको आशामा इमानदारी, निष्ठा र समर्पणको भावनाले अगाडि बढ्न नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
कार्यक्रममा दोलखा विगु गाउँपालिका–६ र ७ का ६० भन्दा बढी युवा एमाले र माओवादी केन्द्र परित्याग गरी पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष नेपाल र पार्टीका उपमहसचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले टीका र खादा लगाएर स्वागत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०७९ - १९:००
तेहरान । इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने...
श्रावण २७ गते, २०७९ - १८:४६
वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध...
श्रावण २७ गते, २०७९ - १८:३४
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीब...
श्रावण २७ गते, २०७९ - १८:१९
खलङ्गा । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना ...
श्रावण २७ गते, २०७९ - १८:०८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुद...
श्रावण २७ गते, २०७९ - १६:४७
काबुल । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । ...
श्रावण २७ गते, २०७९ - १६:३४
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन...
श्रावण २७ गते, २०७९ - १६:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण...
श्रावण २७ गते, २०७९ - १५:५९
क्वालालम्पुर । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन...
श्रावण २७ गते, २०७९ - १५:४१
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
प्रतिकृया लेख्नुहोस्: