क्रिष्टियानो रोनाल्डोको फुटबल खेल्ने आग्रह बटुवाले अस्विकार गरेपछि.... (भिडियोसहित)
श्रावण २१ गते, २०७२ बिहिवार 6th August, 2015 Thu१२:२५:१४ मा प्रकाशित
म्याड्रिड । पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो जहाँ जान्छन् त्यहाँ उनका प्रशंसकहरुको भीड लाग्ने गर्दछ, यस्तो अवस्थामा रियल म्याड्रिडका यी स्टार खेलाडीलाई बाटोमा घुम्नका लागि दोस्रो तरिका अपनाउनुपर्यो । फिफा प्लेयर अफ दि इयर रोनाल्डोले आफ्नो रुप परिवर्तन गरेर म्याड्रिडको गल्लीमा फुटबल खेल्न पुगे । यसको एक भिडियो उनले युट्युबमा सार्वजनिक गरेका छन् । समाचार तयार पारुञ्जेल यो भिडिया ४२ लाखले हेरिसकेका छन् ।
https://www.youtube.com/watch?v=8H_DSErYUZk
नक्कली दाह्री जुङ्गा र ठूलो चस्मा:
भिडियोमा रोनाल्डोले नक्कली दाह्री र जुङ्गसहित ठूलो चस्मा र मोटो लुगा लगाएको देखिन्छ जसका कारण उनलाई कसैले चिन्न असम्भव देखिन्छ । स्प्यानिश क्लबबाट खेल्ने रोनाल्डोले वास्तवमा आफ्ना प्रशंसकहरुलाई अचम्मित बनाउनको लागि यी सब गरेका हुन् । उनी आफ्नो रुप परिवर्तन गरेर म्याड्रिडको व्यस्त सडकमध्येको एक प्लाजा डे क्यालाओमा आफ्नो कुकुरसँगै पुगे जहाँ उनले फुटबल खेल्न सुरु गरे । यो क्रममा रोनाल्डो बाटोमा हिँडिरहेका मानिसहरुलाई आफूसँग फुटबल खेल्नको लागि आग्रह गरे तर उनलाई कसैले भाउ दिएनन् ।
एक बालकलार्इ सरप्राइजः
धेरै बेरसम्म रोनाल्डो एक्लै नै खेलिहरे तर एउटा बालक उनीबाट प्रभावित भएर उनीसँग खेल्न थाले । दुबैले निकै बेरसम्म फुटबल खेले । तर जब खेल सिद्धियो तब रोनाल्डोले आफ्नो दाह्री, जुंगा हटाएर उनलाई आफ्नो असली अनुहार देखाए । रोनाल्डोलाई देखेर ती बालक अचम्मित भए । पछि उनले ती बालकको नाम सोधे र अटोग्राफसहित उक्त फुटबल ती बालकलाई उपहारस्वरुप दिए । रोनाल्डोको वास्तविकता थाहा पाएको केही सेकेन्डभित्रै त्यहाँ मानिसहरुको भीड लागिसकेको थियो र उनको तस्बिर खिच्न सुर गरिसकेका थिए, त्यतिबेलासम्म उनको बडिगार्ड त्यहाँ आइसकेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: