काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग भेटघाट गरी हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा जानकारी गराएको छ ।
एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालको उनीहरुसँग सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ ।
अध्यक्षद्वयलाई बुझाइएको पत्रमा संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नाका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको रु १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा–अड्चन फुकाउनका लागि सहजीकरण, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर सङ्घको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ ।
एमाले अध्यक्ष ओलीसँगको भेटपछि उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोभिडका बेलामा गरेको सहयोगको प्रशंसा गर्नाका साथै एनआरएनएका सुझावको कार्यान्वयनमा आफूले सहयोग र समन्वय गर्ने बताए ।
यस्तै एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले पनि प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताए ।
यसैबीच एनआरएनएको प्रतिनिधिमण्डलले आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग पनि भेट गरी संस्थाका मागका बारेमा अवगत गराएको थियो । अलग–अलग रुपमा भएका ती भेटमा ती पार्टीका शीर्ष नेताका साथै एनआरएनएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रबिना थापा र डा बद्री केसीलगायत अन्य पदाधिकारी पनि सहभागी थिए । भेटका क्रममा नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: