पर्सा । वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुन: सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुन: सञ्चालनमा आएको हो ।
रु चार करोड ९० लाखभन्दा बढी रकम खर्चगरी जडान गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा आएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको रोग पत्ता लगाउन मद्दत पुगेको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । उनले अस्पतालको सिटी सेवा अवरुद्ध हुँदा बिरामीले महँगो दरमा बाहिरबाट सिटी स्क्यान गराउँदै आएकामा अस्पतालले आप्mनै सेवा सञ्चालन गरेपछि बिरामीको समय र पैसा दुवै जोगिएको बताए ।
अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दरलाई बजार भन्दा ३० प्रतिशत सस्तो राखिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई विषेश छुटको प्रबन्ध अस्पताल प्रशासनले गरेको डा प्रधानले जानकारी दिए । मधेस प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालले हाल शरीरको सबै भागका विभिन्न १५ प्रकारका कन्ट्रास्ट इहेन्समेटदेखि नन् कन्ट्रासट परीक्षण सेवा सुलभ दरमा प्रदान गरी रहेको रेडियो टेक्नोलोजिस्ट प्रदीप साहले जानकारी दिए ।
बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहर समेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमा आउने गरेका छन् । बिरामीको रोग पत्ता लगाउने अति नै महत्वपूर्ण मानिने सिटी स्क्यान सेवा नारायणी अस्पतालमा सञ्चालन भएपछि सस्तो दरमा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: