काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तीनै तहको चुनावमा जनताले उत्साहका साथ सहभागी हुने र यसलाई महाउत्सवका रुपमा सम्पन्न गर्ने बताए । “चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रुपमा सम्पन्न गर्नेछौँ”, सरकारका प्रवक्ता कार्कीले भने, “चुनावलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर छ ।”
मन्त्री कार्कीले समृद्ध मुलुक बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न सबै राजनीतिक दल एकजुट भई एउटै सङ्कल्पका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले भने, “प्रेस स्वतन्त्रतालाई हामीले स्पष्टताका साथ संविधानमा उल्लेख गरेका छौँ । यसको रक्षा र संरक्षणका लागि वर्तमान सरकार सधैँ सचेत र चनाखो छ ।”
मन्त्री कार्कीले नेपालको पत्रकारिताजगत्मा सचेतनासँगै पत्रकारको हकहितका लागि रिपार्टर्स क्लबले पुर्याएको योगदानको चर्चा गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सर्वोच्चता स्थापित गराउने कार्यमा क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले आगामी १० वर्षभित्रमा एसियाकै सम्पन्न मुलुकका रुपमा विकास गर्ने योजना सुनाउँदै सोही योजना र लक्ष्यअनुसार सरकार अघि बढिरहेको बताए ।
उनले भने, “अब हामीहरुको एउटै सङ्कल्प रहनुपर्छ, त्यो सङ्कल्प भनेको मुलुकमा लोकतान्त्रिक स्थिरता र समृद्धिको दिशामा अग्रसर गराउने । त्यस दिशामा हामी सबै एकतावद्ध भएर अगाडि बढौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: