Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

नयाँ वर्षमा पर्यटकीयस्थल रानीकोट र नगरकोट भरिभराउ

खबरडबली संवाददाता
भक्तपुर ।  कोरोना भाइरसको महामारीपछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसायले नयाँ वर्षमा ठूलो राहत पाएको छ । नेपाली नयाँ वर्षको अवसरमा विगत तीन दिनदेखि यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म होटल विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भरिएपछि होटल व्यवसायीमा खुसी छाएको छ ।
 
कोरोना भाइरसका कारण लकडाउन हुँदा दुई वर्ष बन्द भएर नोक्सान भएको पर्यटन व्यवसाय लयमा फर्कन थालेपछि र आन्तरिक पर्यटककै भरमा पनि होटल भरिन थालेपछि व्यवसायमा राहत मिलेको हो । यस वर्षको नयाँ वर्षमा यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म शतप्रतिशत होटल विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएका छन् ।
 
नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्ने राति बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उनले बताए । चैत मसान्तदेखि वैशाख १ गतेसम्म राति बसेर आज फर्कने पर्यटक धेरै रहेको उनको भनाइ छ । उनका अनुसार दुई साता अगाडिदेखि नै होटल बुक भएका थिए ।
 
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े गौरीशङ्कर, धवलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए ।
 
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले रानीकोट जान सहज पक्की सडक बनाएपछि पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए ।
 
होटल व्यवसायी बकेँ भन्छन्, “रानीकोट ऐतिहासिकरूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भरिएका छन्, कोरोनाका बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेर पर्यटन व्यवसाय पुन: चलायमान हुने आशा पलाएको छ ।”
 
पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीपलाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेका करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् । 
 
उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच भरिएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न तथा नयाँ वर्षका दिन नगरकोटमा बसेर आज फर्कने पर्यटकले यहाँका होटल खचाखच भरिएका पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिए  । हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अवस्था आउने गरे पनि यस वर्ष भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिँदा होटल व्यवसायी उत्साहित भएको उनले बताए  ।
 
“मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, २०७८ को नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलि राहत मिलेको थियो”, होटल व्यवसायी लामिछाने भने, “तर यस वर्ष भने केही विदेशी पर्यटकभन्दा धेरै नेपाली पर्यटकले नै २०७९ को नयाँ वर्षमा होटल खचाखच भरिए आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुन: आशा पलाएको छ ।” स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको व्यवसायी बताउँछन् ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies