Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेता सिंह भन्छन्– संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको छ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् ।  

सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उनले  संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् । “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उनले भने । निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरे  ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले  प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे  ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले आगामी हुन लागेको स्थानीय तहको निर्वाचनमा सङ्गठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताए । उनले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले कांग्रेसले स्थानीय तहको निर्वाचनमा जनाधार हेरेर उम्मेदवार खडा गर्नुपर्ने बताए । उनले नेताभन्दा नीतिमुखी व्यक्तिलाई उम्मेदवारका रुपमा पार्टीले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापति, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, निवर्तमान अध्यक्ष योगेन्द्रमान कर्माचार्य, उपाध्यक्ष रवि रिमाल लगायतले मुलुकको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies