Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा

खबरडबली संवाददाता

बनेपा । स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधिअन्तर्गतको  ‘म्यामोग्राफी’ सेवा अब धुलिखेल अस्पतालबाट उपलब्ध हुनेछ । यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्रा।डा। सुमनराज ताम्राकारले बताए  ।

स्तन क्यान्सरसम्बन्धी जनचेतनाको कमी, गरिबी तथा  शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने गरेको पाईन्छ । रोग शरीरका अन्यत्र भागमा फैलिसकेको अवस्था हुन सक्ने भएकाले बेलैमा उपचार गरी ढुक्क हुन हरेक महिलाले यसबारेमा थाहा पाउन र परीक्षण गर्न आवश्यक रहेको अस्पतालका डाक्टर ताम्राकारले बताए  । “शरीरको अन्य भागमा झैँ स्तनका कोषहरुमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ,” उनले भने, “उमेर ढल्किसकेका महिला, अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने, कम उमेरमै महिनावारी सुरु भएका तथा ढिलो गरी मात्र महिनावारी भएका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।”

शङ्का लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्स–रे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सक्ने भएकाले यसबाट बेलैमा उपचार गर्न नियमित रुपमा स्तन परीक्षण गराउन आवश्यक रहेको उनले बताए ।

अस्पतलाका डा सुनिला शाक्यले स्तन क्यान्सर हुने पूर्व अवस्था पत्ता लगाउने विधि नभएकाले त्यसबाट नियमित परीक्षण गरी बेलैमा सही उपचार गर्न सकिने भएकाले सो सेवा आवश्यक रहेको बताए  । स्तनमा केही परिवर्तन देखिएमा समयमा नै परीक्षण गरी उपचार गराउन उनले सुझाव दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies