Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

महिलालाई आरक्षण होइन, अवसरको खाँचो

खबरडबली संवाददाता

रामपुर  । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहोल बढेको छ । यसभन्दा अघिको निर्वाचनमा पालिका उपप्रमुख पदमा मात्रै सीमित रहेका यहाँका महिला अब प्रमुखको जिम्मेवारी सम्हाल्ने होडबाजीमा छन् । आरक्षण कोटामा मात्रै सीमित रहेका महिला अब पुरुष सरह नै प्रमुख भएर पालिका हाक्ने हिम्मतका साथ प्रमुखको दाबेदारमा आ–आफ्नै पार्टीभित्र टिकटको लागि रस्साकस्सीमा छन् ।

रामपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट यहाँ दुई  महिला दाबेदार छन् । वर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र रामपुर नगरपालिका वडा नं ७ का वडा सचिव गीता पौडेलले यस पटकको निर्वाचनमा प्रमुख पदको जिम्मेवारी दिनुपर्ने भन्दै दाबी गरेकी छन्  । नगरपालिकामा पाँच वर्ष उपप्रमुख भएर काम गर्दै गर्दा प्रमुखको पद पाएमा जिम्मेवारी निभाउन सकिने र पार्टीले टिकट दिएमा एक कार्यकाल अब नगर प्रमुख भएर काम गर्ने इच्छा रहेको नगर उपप्रमुख आचार्यले बताइन् । 
       
रामपुर नगरीमा महिलाको नेतृत्वमा समग्र विकासलाई पूर्णता दिनु जरुरी रहेको बताइन, अर्का प्रमुख पदका दाबेदार  पौडेल । एक दश बढी रामपुर नगरपालिकामा कर्मचारी भएर काम गर्दा प्रशासनिक काममा धेरै अनुभव बटुलेकी पौडेल अब जनताको प्रतिनिधि भएर नगर प्रमुख हाक्ने ईच्छा रहेको बताइन्  ।
       
“मेरो नगर प्रमुख पदमा परेको उम्मेदवारीले समग्र रामपुरवासीका महिला उत्साहित हुनुहुन्छ, सबैको साथ सहयोग सकारात्मक छ, ऐन नियम र कानुनको व्यवस्था गरी नगरपालिकाको पञ्चवर्षीय गुरुयोजना तयारी गरी दीर्घकालीन विकास निर्माणलाई प्राथमिकता दिनेछु, नगरपालिकामा अनुशासन तथा सुशासनको व्यवस्थापन गर्नेछु”, उनले भनिन्  ।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा रामपुरको धेरै लगानी बाहिरिएको छ । देशको आवश्यकताबमोजिम हरेक विषयको उच्च शिक्षा अध्ययन गराउन सक्ने शैक्षिक व्यवस्थापन, क्यान्सरजस्ता घातक रोगलाई निराकरण गर्न सक्ने स्वास्थ्य संस्था तथा अस्पतालको व्यवस्थापन लगायतका कुरामा जोड दिएर काम गर्नसक्ने हिम्मत रहेको पौडेलको भनाइ छ । रामपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट दुई महिला, छ पुरुष सहित आठ जना नगर प्रमुखको रुपमा दाबेदार छन् । नेकपा एमालेबाट भने यहाँ नगर प्रमुखमा महिला आकाङ्क्षी छैनन् ।

तानसेन नगरपालिकामा नेकपा (एमाले) को तर्फबाट दश पुरुषसँग उपप्रमुख लक्ष्मी पाठक प्रमुख पदको दाबेदार छन् । उनको प्रमुख पदमा परेको उम्मेदवारीले महिलामा उर्जा मिलेको छ । “पाँच वर्षको उपप्रमुख भएर काम गर्दा धेरै कुरा सिकियो, अवसर पाएमा म नगर प्रमुखले गर्ने सबै काम गर्न सक्षम छु, तर पार्टीले टिकट दिने हो कि होइन”, उनले भनिन् । 

बगनासकाली गाउँपालिकामा भने उपाध्यक्ष सरस्वती चिदीलाई नेकपा एमालेले सर्वसहमतरुपमा पालिका अध्यक्ष सिफारिस गरेको छ । क्षमतावान् भए पनि महिला भएकै कारण   नेतृत्व तहबाट पछाडि परिरहेका महिलालाई पालिकाको अध्यक्षमा गरिएको सिफारिसले अन्यत्र पालिकाका उपाध्यक्ष, उपप्रमुखहरुले महिला अध्यक्ष तथा प्रमुख पदकको दाबी गर्न थालेका छन् । 

“मसँग अध्यक्ष पदमा दाबेदार कोही हुनुभएन, सर्वसहमत रुपमा मलाई पार्टीले सिफारिस ग¥यो, यहाँको केही वडामा नेकपा एमालले महिलालाई नै वडाध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ, अवसर दिनुप¥यो महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्छन्”, उनले भनिन्  ।

उपाध्यक्ष चिदीले पाँच वर्षको अवधिमा पालिकाका सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल, महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेर महिलाको आयस्तर वृद्धि गर्ने खालका कार्यक्रम गरेको बताइन्  । यहाँको पालिकाका एमालेले अध्यक्षमा चिदी र उपाध्यक्षमा हरिप्रसाद पाठकलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

पालिकाको अध्यक्ष भएर काम गर्ने मन छ तर पार्टीले नेतृत्वमा अवसर नदिने भएकाले जानेर आफूले अध्यक्षमा यस पटकको निर्वाचनमा उम्मेदवारी नदिएको बताइन् । माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई । महिलाले अवसर पाएमा स्थानीय सरकार मात्रै होइन देशै चलाउन सक्ने सक्षमता छ तर पार्टीभित्रबाटै पछाडि हट्नुपरेको उपाध्यक्ष भट्टराईको भनाइ छ ।

उनले भनिन्, “जहाँ महिलाको नेतृत्व छ त्यहाँ स्वच्छ रुपमा विकासका कामहरु भएका छन्, भ्रष्टाचार छैन, महिला नेतृत्वमा कमजोर छैनन्, यदी पार्टीले अध्यक्षको नेतृत्वको लागि टिकट दिन्छ भने पालिका चलाउन सक्ने महिलासँग हिम्मत र आँट छ तर महिला भएकै कारण भरसक क्षमता भएरपनि नेतृत्वबाट पछाडि परिरहेका छन् ।” 

पाँचवर्ष पालिकाको उपाध्यक्ष भएर काम गरेका महिलाले अब पालिकाका प्रमुख भएर काम गर्नसक्ने क्षमताको विकास उनीहरुमा भएको छ । अहिले पालिकामा पाँचवर्षको अवधिमा विभिन्न संरचना तयार, नियम कानुन, सिस्टम बसेकाले पनि अब आउने नेतृत्वलाई काममा कठिनाइ हुँदैन । 

यस्तै रम्भा गाउँपालिकाका उपाध्यक्ष राधादेवी श्रेष्ठले पुनः उपाध्यक्ष पदमा नै दाबेदार गरेकी छन्  । पालिका प्रमुख भएर चलाउन सक्ने आफूमा क्षमता भए पनि पुनः एक पटक पालिका उपाध्यक्षमै रहेर काम गर्ने नेकपा एमालेको तर्फबाट दाबेदार गरेकी छन्  । महिला पुरुषसरह नै नेतृत्वमा पुग्न सकेपनि व्यावहारिकरुपमा हेर्ने हो भने अवसरमा झट्ट स्थान दिइँदैन । अझै पनि समाजमा पितृ सतात्मक सोँच कायमै छ । प्रमुख पदमा पुरुष नै हुनुपर्छ भन्ने छ । भरसक महिलालाई आरक्षण कोटाभित्रै मात्रै खुम्चाएर राखिएको छ ।

रम्भा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट तीन जना पुरुषसँग अध्यक्ष पदमा एक महिला दाबेदार छन् । पालिकाको महिला सञ्जाल अध्यक्ष भएर नेतृत्व गरेकी कुबिजा अर्याल पार्टीले अवसर दिएमा गाउँपालिकाको अध्यक्ष भएर काम गर्ने सक्षमता आफूमा रहेको बताइन् । महिलासक्षम हुँदाहुँदै अवसरबाट वञ्चित गरिनु नहुने उनको तर्क छ । महिला पुरुषसरह नै प्रमुख पदमा दाबेदारका साथ अगाडी आउनु नै ठूलो कुरा हो । अर्याल तीन पुरुषसँगको सामूहिक लडाइँमा एक्लो महिला अध्यक्षको दाबेदार छन् । आफूले अध्यक्ष पदमा पार्टीमा उम्मेदवारी दिँदै गर्दा यहाँका समग्र महिलालाई आँटिलो बनाएको र अब महिला राज्यले छुट्याएको आरक्षण कोटामा मात्रै सीमित होइन, पुरुषसरह नै प्रमुख पदमा नेतृत्व हाँक्न सक्ने भइसकेको अर्याल बताइन् ।
       
पालिकाको अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख पदमध्ये एक पदमा महिला अनिवार्य भनिए पनि प्रमुख, अध्यक्षजस्ता पदमा पुरुष नै छन् । एक दुई ठाउँमा महिला प्रमुख, अध्यक्ष भएर पालिका चलाएको पाइन्छ । वडा तहमा पनि एक दलितसहित दुई जना महिला अनिवार्य भनिएकाले दुई पदमा मात्रै महिलाले अवसर पाएका छन् । 
       
पार्टीले सक्षमताका आधारमा अवसर दिने हो भने पालिकामा सातै सिटमा महिलाले नेतृत्व गर्न सक्नेछन् । गत २०७४ मा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा प्रमुख पदमा महिला आकाङ्क्षी बढेका छन् । नेतृत्वमा नल्याउन आर्थिकलगायतका विभिन्न समस्या देखाएर बाधक पनि बनिरहेको महिला बताउँछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies