Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सजिलो छैन कृषि व्यवसाय

खबरडबली संवाददाता
विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र  वर्षेनी विदेशिने युवालाई यसतर्पm आकर्षित गराउन पनि कठिन हुने उनले बताए ।
 
हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उनीजस्ता स्थानीय कृषकको भनाइ छ । विराटनगर महानगरपालिकाको रानीमा व्यवसाय गर्दै आएका पुरानो घर पहाडको भोजपुर बताउनु हुने  व्यवसायी शेर्पा  यतिकै बस्नुभन्दा केही गरौँ भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताए । आफ्नो जग्गा नभएपछि उहाँले मोरङको कटहरी गाउँपालिका–१ निवासी युवराज भट्टराईको आठ कठ्ठा जग्गा भाडा लिएर मेवा खेती गरिरहेका छन् ।
 
खेतमा पाइवन रेट लेडी नामक मेवा रोपेका  शेर्पाले भाडाबापत  वर्षेनी भट्टराईलाई रु एक लाख २० हजार शुल्क तिर्दै आएका छन्  छ । यस वर्ष लगभग रु तीन लाख आम्दानी गर्न सफल भएका उनले मेवा खेतीमा ढुसी र भाइरसले आक्रमण गरेर दुःख दिएकाले कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्रमुख रामदेव सिंहबाट प्रविधिक  सहयोग लिइसकेका छन् । स्थानीय नर्सरीबाट रु १५० का दरले जम्मा ८५० वटा मेवाको बिरुवा रोपेको बताउने शेर्पालाई सानैदेखि कृषि व्यवसायमा रुचि रहेको स्पष्ट पार्दै भने, “समय छैन गर्नु धेरै छ, जहान परिवारलाई पाल्नै प¥र्यो केही नगरी सुख छैन, त्यसैले यो खेती सुरु गरे ।”
 
खेतमै आएका व्यापारीलाई काँचो मेवा प्रतिकेजी रु ७० का दरले बिक्री गर्दा उनीहरुले  बजारमा प्रतिकेजी रु १०० मा बिक्री गरिहेका पाइन्छ  । उनी भन्छन्,, “भारतीय मेवा नेपाल बजारमा नआउने हो भने हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।” मेवा खेतीमा सुरुमा रु दुई लाख खर्च भएकामा अहिले ढुसी र भाइरस व्यवस्थापन खर्च भइरहेको शेर्पाले जानकारी दिए  ।
 
मेवाखेतीका अतिरिक्त बङ्गुरपालन पनि सुरु गरेको बताउ  सुरुमा २० वटा बङ्गुरपालनका लागि संरचना निर्माण गर्न करिब रु २७ लाख खर्च भएकोे र खर्च नपुगेर कृषि विकास बैंकसँग कृषि ऋण रु १५ लाख झिकेको बताए  । बङ्गुरमा तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक शेर्षा काममा मेहनती, लगनशील देखिएका छन् । कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies