काठमाडौँ । आज साताको तेस्रो दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट रोकिएन । सेयर बजार १५ अंकले घटेको छ । सोमबारको कारोबारमा ३५ अंकले घटेको सेयर बजार आज पुनः १५.०२ अंकले घटेको हो । आइतबार ९५ अंकले बढेको बजार हिजो र आज भने घटेको छ।
आज २३८६.०१ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३७०.९९ अंकमा ओर्लिएको छ। तेस्रो कारोबारको दिन नेप्से परिसूचक ०.६३ प्रतिशत तथा 'कु' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.३८ प्रतिशत अर्थात १.७४ अंकले घटेर ४५२ दशमलव ९५ अंकमा ओर्लिएको छ ।
१५ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रूपैयाँ बराबरको ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर २५ हजार ७ सय ६६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
समूहगत परिसूचकमा आज म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यचुअल फण्ड बाहेक अन्य ११ समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य घटेको छ। हाइड्रो समूहको सेयर १.४९ प्रतिशतले घटेको छ।
बजार घट्दा आज कारोबार भएका जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त,एनआइबिएल समृद्धि फण्ड, किसान लघुवित्त, एनआइबिएल प्रगती फण्ड, मेगा म्युचुअल फण्ड लगायतका कम्पनी रहेका छन् । जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा हिमालयन पावर, मल्टिप्रपोज फाइनान्स, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो, महुली लघुवित्त तथा सामुदायिक लघुवित्त रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: