Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम’

\"Charikot_Earthquake\"काठमाडाैं । पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा निकट भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन् ।   नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन् । तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने उल्लेख गरेका छन् ।   ‘हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर तपाईहरु बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ ।’– क्याम्ब्रीज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने ।   बीबीसीसँग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने– ‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ ।’   गत वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो। यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ । वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो ।   प्राध्यापक अवुआकले भने– ‘यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो ।’ अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन् ।   ‘पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कूले छात्रछात्रहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ ।’– ओपन युनिभर्सिटी, युके प्रा। डेभिड रथरीले भने ।   हिमालयक्षेत्रमा सन् १५०५ मा ८।५ परिमाणको महाभूकम्प आएको थियो । हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन् ।   ‘अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं ।’ प्राध्यापक अवुआकले भने । उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपि अर्को प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ ।   ‘हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ ।’– प्राध्यापक अवुआकले भने ।   उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिएका छन् । नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी झण्डै ९ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।   अत्याधुनिक जीपीएस स्टेशनहरुबाट संकलन गरिएका थप तथ्यांकहरुले गत वैशाखमा गएको भूकम्पबाट अरु बढी क्षति हुनसक्ने देखाएको वैज्ञानिकहरु बताउँछन् । प्राध्यापक अवुआकले भने– ‘काठमाण्डौ नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ, यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ ।’   गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन्। सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन्।

(रेबेक्का मोरेल बीबीसीका विज्ञान संवाददाता हुन् ।)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending