काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘किसान कल सेन्टर’मा गुनासो तथा जिज्ञासा आउने क्रम बढेको छ ।
कृषि उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ विसं २०७२ फागुनदेखि सञ्चालनमा आएको उक्त कल सेन्टरमा अहिले दैनिक तीन दर्जनभन्दा बढी गुनासो तथा जिज्ञासा आउने गरेको वरिष्ठ कृषि प्रसार अधिकृत सरोजकान्त अधिकारीले जानकारी दिए ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई सरकारको तर्फबाट उपलब्ध गराउने सेवालाई प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने भएकाले किसान कल सेन्टरको स्थापना गरिएको उनको भनाइ छ ।
स्थापनाकालमा दैनिक एक घण्टामात्र सञ्चालन हुँदै आएको उक्त कल सेन्टरलाई पछिल्लो समय विशेषज्ञ राखेर हप्ताको आइतबारदेखि शुक्रबारसम्म नै सञ्चालनमा ल्याइएको वरिष्ठ कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो । उक्त सेवा प्रदान गरेसँगै किसानले आइतबार खाद्यान्न, बाली संरक्षण, मौरीखेती, रेशमखेती, च्याउखेती, कृषि बजार, फलफूल, तरकारी पुष्पखेती, माटोसम्बन्धी विषयवस्तु, पशुपक्षीपालन, उत्पादन प्रविधि, घाँस तथा पशु आहारका बारेमा बुझ्न पाउनेछन् ।
यस्तै सोमबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी, पुष्पखेती र मत्स्यपालनसम्बन्धी जिज्ञासा राख्न सक्नेछन् भने मङ्गलबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती, उत्पादन प्रविधि, घाँस तथा पशु आहार र चरन व्यवस्थापनका बारेमा जिज्ञासा राख्न पाउनेछन् ।
यसैगरी, बुधबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती तथा माटोसम्बन्धी विषयवस्तु र बिहीबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती, फलफूल, तरकारी पुष्पखेती तथा माटोसम्बन्धी र उत्पादन प्रविधि र चरन व्यवस्थापनका सम्बन्धमा जिज्ञासा राख्न सक्ने वरिष्ठ कृषि प्रसार अधिकृत अधिकारीले बताए । शुक्रबार भने खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती र मत्स्यपालनका बारेमा जिज्ञासा राख्न सक्नेछन् ।
कृषि सूचना तथा प्रशिक्षण केन्द्रबाट सञ्चालनमा आएको उक्त कल सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने प्रशिक्षण केन्द्र प्रशासन शाखाका अधिकृत भावना पौडेलले जानकारी दिए । उक्त कल सेन्टरमा १६६००१९५००० टोल फ्रि नम्बरमा फोन गरेर कृषिसम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने अधिकृत पौडेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: