Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

बागलुङमा बढ्यो चुनावी सरगर्मी

खबरडबली संवाददाता

काठमाडौँ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १३ दिनपछि मतदान छ । दलहरु प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब ११ दिन मात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरुले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरुले जनाएका छन् ।

वडा नं। १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तरक्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली काँग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए । नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरुको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उनको भनाइ छ । गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धता पत्र आज सार्वजनिक गरिने भएको छ ।

गठबन्धनले काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । वडा नं। ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए । काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छान्। गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ । जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली काँग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिए ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आइतबार नै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । वडा तहको चुनावी अभियान पनि आजदेखि सुरु हुने एमाले नगर सचिव रामकृष्ण शर्माले जानकारी दिए ।


आआफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारहरुले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागत रुपमा समय तालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

यहाँका अरु स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ । सत्ता साझेदार पाँच दल दसै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन् । एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ ।

गठबन्धनतर्फ  काँग्रेसले बागलुङ, गलकोट नगरपालिका सहित काठेखोला , बडिगाड , निसीखोला र तमानखोला गाउँपालिका पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ । 

एमालेले भने दसै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ । एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राजमोको ‘विद्रोही समूह’लाई छाडेको छ ।  

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार उम्मेदवारलाई चुनाव चिन्ह दिइएको बताए । “दल र उम्मेदवारले चुनाव चिन्ह लिएर मतदाताकहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ”, उनले भने । निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन अधिकारी रिजालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरु केन्द्रित रहेको बताए ।

उनका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् । “व्यवस्थापकीय तयारीको काम अहिले भइरहेको छ, मतदान केन्द्रमा चाहिने सामग्री पछि मतदान अधिकृतसँगै पुग्छन्”, उनले भने, “सुरक्षा प्रबन्धको काम सोही निकायबाटै भइरहेको छ ।”

जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । ती मध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies