Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पूर्वमा दोहोरो बन्दको प्रभाव

धनकुटा ।  साउन २२ लाई कालो दिनको रुपमा मान्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले गरेको अरुण पूर्वका ९ जिल्ला बन्दका कारण शुक्रबार बिहानै देखि यस क्षेत्रमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दले यातायात, शैक्षिक संस्था, कलकारखाना लगायतमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण अरुण पूर्वका पहाडी जिल्ला संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर र इलाम तथा तराईका जिल्ला मोरङ र सुनसरीमा प्रत्यक्ष असर परेको छ । झापा जिल्ला परिषद्ले भने बन्द फिर्ता लिएको झापा जिल्ला अध्यक्ष पर्शुराम मगरले बताए । झापाको दमक, विर्तामोड, काँकडभिट्टा हुँदै सञ्चालन हुने सवारी साधन निर्बाध रुपमा सञ्चालनमा आएको स्थानीय प्रशासनले जनाएको छ । बन्दका कारण इटहरी, धरान, धनकुटा हुँदै सञ्चालन हुने सवारी साधन चलेका छैनन् भने विराटनगर तिर भने आंशिक रुपमा सवारी साधन सञ्चालन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुहबी हुँदै पश्चिमतिर जाने सवारी साधन भने सञ्चालन भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नर बहादुर केसीले बताए । नेपाल एकीकरणका नाममा वि.स.१८३१ साउन २२ गते लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि षड्यन्त्रमुलक ढंगले खोसिएको भन्दै परिषद्ले साउन २२ लाई कालो दिनको रुपमा मनाउँदै आएको छ । यसैबीच नयाँ संविधान मार्फत नेपाललाई बौद्धिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बौद्धिक सनातन हिन्दुवादी संस्थाले गरेको अनिश्चितकालीन पूर्वाञ्चल बन्दको समेत प्रभाव परेको छ । यसैबीच, संघीय लिम्बुवान पार्टी नेपालले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बाहेकको निर्णयमा आफ्नो सहमति नहुने जनाएको छ । पार्टी अध्यक्ष कुमार लिङ्देन \'मिराक\'द्धारा जारी विज्ञप्तिमा ६ वा ८ प्रदेशमा आफ्नो सहमति नभएको जनाइएको छ । साथै विज्ञप्तिमा सरकारसँग यसअघि भएको सम्झौतामा लिम्बुवान, खम्बुवान, मगरात, तमुवान लगायतका नामका प्रान्त बनाइने कुरा विपरीत प्रान्त बनाउन लागिएको भन्दै विरोध जनाइएको छ । विज्ञप्तिमा राज्यका सबै तहमा जातीय, वर्गीय र लिङ्गीय समानुपातिक प्रतिनिधित्व हुनुपर्ने सहितको १० बुँदे माग अगाडि सारिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending