Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पूर्वमा दोहोरो बन्दको प्रभाव

धनकुटा ।  साउन २२ लाई कालो दिनको रुपमा मान्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले गरेको अरुण पूर्वका ९ जिल्ला बन्दका कारण शुक्रबार बिहानै देखि यस क्षेत्रमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दले यातायात, शैक्षिक संस्था, कलकारखाना लगायतमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण अरुण पूर्वका पहाडी जिल्ला संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर र इलाम तथा तराईका जिल्ला मोरङ र सुनसरीमा प्रत्यक्ष असर परेको छ । झापा जिल्ला परिषद्ले भने बन्द फिर्ता लिएको झापा जिल्ला अध्यक्ष पर्शुराम मगरले बताए । झापाको दमक, विर्तामोड, काँकडभिट्टा हुँदै सञ्चालन हुने सवारी साधन निर्बाध रुपमा सञ्चालनमा आएको स्थानीय प्रशासनले जनाएको छ । बन्दका कारण इटहरी, धरान, धनकुटा हुँदै सञ्चालन हुने सवारी साधन चलेका छैनन् भने विराटनगर तिर भने आंशिक रुपमा सवारी साधन सञ्चालन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुहबी हुँदै पश्चिमतिर जाने सवारी साधन भने सञ्चालन भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नर बहादुर केसीले बताए । नेपाल एकीकरणका नाममा वि.स.१८३१ साउन २२ गते लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि षड्यन्त्रमुलक ढंगले खोसिएको भन्दै परिषद्ले साउन २२ लाई कालो दिनको रुपमा मनाउँदै आएको छ । यसैबीच नयाँ संविधान मार्फत नेपाललाई बौद्धिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बौद्धिक सनातन हिन्दुवादी संस्थाले गरेको अनिश्चितकालीन पूर्वाञ्चल बन्दको समेत प्रभाव परेको छ । यसैबीच, संघीय लिम्बुवान पार्टी नेपालले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बाहेकको निर्णयमा आफ्नो सहमति नहुने जनाएको छ । पार्टी अध्यक्ष कुमार लिङ्देन \'मिराक\'द्धारा जारी विज्ञप्तिमा ६ वा ८ प्रदेशमा आफ्नो सहमति नभएको जनाइएको छ । साथै विज्ञप्तिमा सरकारसँग यसअघि भएको सम्झौतामा लिम्बुवान, खम्बुवान, मगरात, तमुवान लगायतका नामका प्रान्त बनाइने कुरा विपरीत प्रान्त बनाउन लागिएको भन्दै विरोध जनाइएको छ । विज्ञप्तिमा राज्यका सबै तहमा जातीय, वर्गीय र लिङ्गीय समानुपातिक प्रतिनिधित्व हुनुपर्ने सहितको १० बुँदे माग अगाडि सारिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending