Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

मत माग्न घरदैलोमा उम्मेदवार

रासस

बाग्लुङ । आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।  आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले  प्रतिबद्धता पत्र सार्वजनिक गर्यो । 

अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार  नगरपालिकामा संयुक्त घरदैले कार्यक्रम सुरु गरेको छ भने अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोगमागन व्यस्त देखिएका छन् ।

मतदातालाई घेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ । अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन् ।   गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन् । 

उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मतमाग्न व्यस्त देखिएका छन् । गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड , बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको काँग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।  

एमालेले बागलुङ नगरमा आइतबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले जानकारी दिए । गठबन्धले अहिले चुनावी प्रतिबद्धता पत्र बनाउनसमेत जुटिरहेको छ  भने एमालेले बानपा र गलकोटमा चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेको जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy