Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतमा देखिएको कोरोना संक्रमणलाइ चौथो लहर मान्न नसकिने विज्ञहरुकाे भनाइ

खबरडबली संवाददाता

एजेन्सी । भारतमा केही समयदेखि कोरोना संक्रमणमा लगातार वृद्धि भइरहेको छ । यसलाई केहीले चौथो लहरको सुरुवातको रुपमा पनि व्याख्या गरे पनि तर भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर)ले पछिल्ला तथ्यांकका आधारमा चौथो लहर भन्न नमिल्ने बताएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा नयाँ संक्रमितको संख्या ३ हजार १ सय ५७ छ, जुन अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले कम हो । केही समयदेखि संक्रमण बढिरहे पनि यो साता घटेको देखिएको छ ।

आइसीएमआरका अतिरिक्त महानिर्देशक समीरन पाण्डाले भारतमा देखिएको संक्रमणलाइ चौथो लहर मान्न नसकिने बताए। हालै देखिएको वृद्धि स्थानीय र जिल्लास्तरमा मात्र भएकाले यसले आगामी दिनमा चौथो लहरको रुप लिन्छ भनेर भन्नु गलत हुने उनको भनाइ छ।

पाण्डाले चौथो लहर आउन नसक्ने तर्कलाई पुष्टि गर्न केही तथ्य अघि सारेका छन् । जसअनुसार केही स्थानीय स्तरमा मात्र संक्रमणमा वृद्धि देखिएको छ, जुन कम परीक्षणका कारण हो। अर्को, अहिले देखिएको वृद्धि एक खालको झड्कामात्र हो, यसबाट मात्रै पूरै राज्य कोभिडको चपेटामा परेको छ भन्न सकिँदैन। तेस्रो तथ्य भनेको भारतभर अस्पतालमा भर्ना हुने बिरामीको संख्यामा कुनै वृद्धि देखिएको छैन। र, अन्तिम तथा महत्वपूर्ण तथ्य भनेको हालसम्म कुनै नयाँ भेरियन्ट फेला परेको छैन। यहीकारण चौथो लहर आउँछ भनेर भन्न नसकिने पाण्डाको भनाइ छ।

यसका अलावा पाण्डाले भारतका विभिन्न स्थानमा बढेको पोजिटभ दरको कुरा पनि गरेका छन्, जुन कहिलेकाहीँ कम परीक्षण दरका कारण पनि बढ्ने हुन्छ।

इण्डियन मेडिकल एशोसियसनका अनुसार बुस्टर डोज लगाएका ७० प्रतिशतलाई कोरोनाको तेस्रो लहरका क्रममा संक्रमण नभएको पाइएको छ। यसैले बुस्टर डोज लगाउन पनि एशोसियसनले सुझाव दिएको छ। डाइबिटिज भएका बिरामीहरु कोरोना संक्रमणको उच्च खतरामा पर्ने पनि विज्ञको भनाइ छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies