दमौली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।
दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । “मौखिक उजुरी आउने क्रम बढेको छ, लिखित रुपमा भने आएको छैन”, ढकालले भने, “उल्लङ्घनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौँ ।”
निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । यसका साथै राजनीतिक दलको चुनाव प्रचारप्रसारमा शिक्षक तथा कर्मचारी सहभागी भएर आचारसंहिता उल्लङ्घन भइरहेको छ ।
आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको तयारी गरिएको ढकालले बताए । “निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौ”, ढकालले भने । निर्वाचन कार्यालयले दशवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक निर्वाचन सामग्री पठाउनका लागि प्याकिङ गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । साथै कर्मचारी छनौट गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । कर्मचारी छनौट गरिएपछि तालिम दिएर कर्मचारीलाई मतदानस्थल पठाइने ढकालले बताए । वैशाख २१ गतेभित्र कर्मचारी छनौट गरी २३ र २४ गते तालिम दिने तयारी छ । २७ गतेभित्र दशवटै पालिकामा कर्मचारी परिचालित भइसक्नेछन् । कर्मचारीसँगै मतपत्र र आवश्यक सामग्री मतदानस्थल पु¥याइनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी पनि परिचालित गरिसकेको छ ।
यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारको विवरण सङ्कलन सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँ शाखाले पत्रकारलाई आचारसंहितामा कडाइ गरेको हो ।
निर्वाचनका बेला पत्रकारबाट आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले यथार्थ विवरण सङ्कलनका लागि अनुगमन सुरु गरिएको महासङ्घका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: