Ntc summer Offer
Khabar Dabali २३ कार्तिक २०८१ शुक्रबार | 8th November, 2024 Fri
Investment bank

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”

खबरडबली संवाददाता

जनकपुर । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’ 

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहरबस्ती पुग्ने उम्मेदवारले स्थानीय मतदाताको यो जवाफ सुनेपछि केही छिन अलमल्ल पर्ने गरेका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा अवस्थित ४० घरपरिवारका बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ । 

एकातिर निजी जग्गा नहुँदा पूरै बस्ती नै ऐलानी जग्गामा बसोबास गरिरहेका छन् भने अधिकांशको घरमा अझै शौचालयको समस्या रहेको स्थानीयवासीको भनाइ छ । दैनिक मजदूरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका सो बस्तीका मतदाताले बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छाँंै भन्दै आएको छ । आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी फुलकुमारी सदाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताए । 

‘‘सधैँभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं”, उनले भने, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उनीहरूकाे अनुहारै देख्न पाईंदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” स्थानीयवासी ५० वर्षीय झौला सदायले पनि घर र शौचालय बनाइ दिने उम्मेदवारलाई मात्र मत दिने बताए । “वर्षौंदेखि हामीले भोट हालेर माननीय मन्त्री बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरुको समस्या बुझ्नै आउँदैन्”, उनले भने, ‘‘त्यसैले यही बेलामा नेताहरुसँग केही कुरा माग्ने हो ।” 

पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौँ, तर हाम्रो अवस्थामा भने केही सुधार आएन् उनले भने, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौँ ।” करिब पाँच वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालीको चुनावमा उनीहरु सुरक्षित आवास र शौचालय खोजेका हुन् । 

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीमा मत माग्न आउने उम्मेदवारले आफूहरु निर्वाचित भएपछि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउने गरेको स्थानीयवासीले बताएका छन् । ‘‘हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ, यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौंँ भन्ने विभिन्न उम्मेदवारले प्रतिबद्धता जनाइरहेका छन्”, स्थानीयवासी तारादेवी सदाले भनिन्, ‘‘यस्तो प्रतिबद्धता थुप्रै पाए तर चुनाबपछि त्यो प्रतिबद्धता पूरा भएन्, यसपाली विश्वासिलो नेतालाई मात्र मत दिन्छु ।” 

स्थानीयवास रिामबत्ती सदायले आर्थिक अभावकै कारण एउटा राम्रो घर बनाउन नसकिएको बताउँदै मन नभएर घर नबनाएको होइन्, कमाइले खानलाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो भनी प्रश्न गरे । उनले हाम्रो घर र शौचालय बनाइदिने विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौं ।” पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर मत किनेर जित्ने गरेका थिए, तर अब हामी यस्तो हुन दिदैनौं, यसका लागि हामी एक भएका छौँ, स्थानीयवासी जीतन सदाको भनाइ छ । 

वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन । कूल आठ नगरपालिका र ९ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा चार लाख १४ हजार १६६ मतदाता रहेका छन् । जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy